ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री भट्ट घरविहीन, साढे ३ लाख ऋण


admin
१५ जेष्ठ २०७५, मंगलबार   ३ : २८   बजे

धनगढी, १५ जेठ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मंगलबार प्रदेशमा सरकार गठन भएको सय दिन पुगेकै दिन पारेर सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री त्रिलोचन भट्टको आफ्नो नाममा घरसमेत छैन। डोटी केआई सिंह ६ मा दाजु शालिग्राम भट्टको नाममा एउटा घर रहेको उनले उल्लेख गरेका छन्। एक तोला सुन र १५ तोला चाँदी रहेको मन्त्री भट्टको ऋण नै ३ लाख ४० हजार रहेको छ। यो वित्तीय र व्यक्तिगत ऋण हो। आफ्नो बैंक मौज्दात ७० हजार रहेको उनले विवरणमा खुलाएका छन्।

अन्य मन्त्रीहरुको सम्पत्ति कति ?

प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री

पत्नी लक्ष्मी भट्टको नाममा काठमाण्डौको गोठाटारमा ३ आना २ दाम जग्गामा एउटा घर रहेको छ भने दाजु डम्बरबहादुरको नाममा बाजुराको बुढीगंगामा १२०५ वर्गमिटर जग्गा र एउटा घर, पत्नी लक्ष्मीकै नाममा कैलालीमा ६ कठ्ठा ८ धुर तथा कञ्चनपुर दैजी ८ मा १६९३।१५ वर्गमिटर अर्को जग्गा समेत रहेको छ । दाजु डम्बरको नाममा बाजुरामा ९७८० वर्गमिटरको अर्को जग्गा समेत रहेको छ ।

मन्त्री शाहको बैंकमा ७३ हजार रुपैयाँ मौज्दात रहेको छ भने एकथान स्कूटर समेत रहेको छ । शाह परिवारसँग ५२ तोला सुन, ५०५ तोला चाँदी, विभिन्न कम्पनीका १७१० कित्ता सेयर, एकथान भैसी र एकथान बाख्रा रहेको छ । उनले ७ लाख २० हजार ऋण रहेको देखाएका छन् ।

दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री

मन्त्री सोडारीका पिता लोकबहादुर सोडारीको नाममा कैलालीको गौरीगंगा ५ मा १५ कठ्ठा जग्गा र एउटा घर, अछाम मंगलसेनमा ४ रोपनी जग्गा र एउटा घर, मंगलसेन १४ मा ४ रोपनी जग्गा रहेको छ । यस्तै, पिताको बबिमसाला उद्योगको नाममा धनगढी १ मा १ कठ्ठा जग्गा र एउटा घर रहेको छ । पत्नी गीता सोडारीको नाममा धनगढी १ मा १२ धूर जग्गा, दाजु कल्याणको नाममा गौरीगंगा ५ मा ५ कठ्ठा तथा लम्कीचुहा २ मा २ कठ्ठा जग्गा र त्यसमा बनेको एउटा घर रहेको छ । भाई नरबहादुरको नाममा गौरीगंगामै ६ कठ्ठा जग्गा र त्यसमा बनेको एउटा घर रहेको छ । पत्नी गीताकै नाममा धनगढी १ मै १ कठ्ठा १ धुर जग्गा, त्यहाँ बनेको एउटा घर र अर्को कच्ची घर समेत रहेको छ ।

मन्त्री सोडारीसँग ५ लाख ६० हजार बैंक मौज्दात रहेको छ भने २ थान मोटरसाइकल रहेका छन् । ६ तोला सुन र २० तोला चाँदी रहेको यो परिवारसँग विभिन्न कम्पनीको २० कित्ता सेयर समेत रहेको छ । बाख्रा १० वटा र गोरु २ वटा रहेको छ भने यो परिवारको व्यक्तिगत ऋण १ लाख रुपैयाँ रहेको छ ।

पठानसिंह बोहरा, भौतिक पूर्वाधार विकास मन्त्री

मन्त्री बोहराका पिता भवानसिंहको नाममा डडेलधुराको पर्शुराम ४ मा एउटा घर, पर्शुराम ३ मा अर्को घर, पर्शुराम ४ मै साढे १० रोपनी जग्गा, वडानम्बर ३ मा १६ रोपनी जग्गा, वडानम्बर ४ मै ३ रोपनी अर्को जग्गा रहेको छ । पत्नी मौनादेवीको नाममा अमरगढी ३ मा १ रोपनी ३ आना जग्गा, बाजे गोपी बोहराको नाममा पर्शुराम ३ मा १ रोपनी ६ आना जग्गा रहेको छ ।

बोहराको २ लाख ६४ हजार बैंक मौज्दात छ भने ४ तोला सुन र आधाकेजी चाँदी रहेको छ । एक कम्पनीको ५ हजार ५ सय मूल्यको एक कित्ता सेयर रहेको छ भने २ थान मोवाइल, एकथान गाई, एकथान भैंसी, एकथान बाख्रा र गोरु २ वटा रहेको छ । व्यक्तिगत ऋण १ लाख रुपैयाँ तिर्न बाँकी छ ।

झपटबहादुर बोहरा, आर्थिक मामिला तथा योजना मन्त्री

मन्त्री बोहराकी पत्नी दुर्गा बोहराको नाममा कैलालीको धनगढी ४ मा ४ कठ्ठा १२ धुर जग्गा, लम्कीचुहा ३ मा ४ कठ्ठा १५ धुर जग्गा, टिकापुर ९ मा २ विगाहा १६ कठ्ठा जग्गा, काठमाण्डौ ७ मा १ रोपनी ३ आना बढी जग्गा, काठमाण्डौ ४ मा १६०९ वर्गमिटरको अर्को जग्गा रहेको छ । झपटबहादुर आफ्नै नाममा काठमाण्डौ ४ मा १५९८ वर्गमिटर जग्गा, कैलालीको गोदावरी २ मा ४ रोपनी १० आना जग्गा, टिकापुर ९ मा २ कठ्ठा जग्गा रहेको छ । छोरा कृष्णको नाममा समेत कैलालीको गोदावरीमा १ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बोहरा परिवारसँग ६ लाख ४५ हजार बैंकमा मौज्दात रहेको छ भने जिपकार गरी ३ वटा सवारी साधन रहेका छन् । ४० तोला सुन रहेको बोहरा परिवारसँग विभिन्न कम्पनीका ७ लाख २९ हजार ४ सय २९ कित्ता सेयर रहेको छ, जसको मूल्य ७ करोड ५१ लाख बढी रहेको छ । बोहरा परिवारको बैंकिंग ऋण मात्रै १९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

माया भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

मन्त्री माया भट्ट आफ्नै नाममा बैतडीको दशरथचन्द ५ मा १ रोपनी जग्गा र त्यसमा भनेको एउटा घर रहेको छ । उनको बैंकमा ५ लाख मौज्दात रहेको छ भने एकथान मोटरसाइकल, १५ तोला सुन रहेको छ । विभिन्न कम्पनीका २० लाख ६५ हजार बढी मूल्यको २५० कित्ता सेयर रहेको छ भने मौरीका ३५ वटा घार, एकथान अफसेट प्रेस र ठेक्कापट्टा व्यवसाय समेत सम्पत्तिको रुपमा रहेको छ । भट्टलाई २५ लाख बैंकिंग ऋण रहेको छ ।

विनिता चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

मन्त्री चौधरीका पति पर्शुराम चौधरीको नाममा कैलालीको भजनी ४ मा ४ कठ्ठा जग्गा तथा त्यसमा बनेको घर रहेको छ । यस्तै, सोही ठाउँमा १ विगाहा जग्गा समेत रहेको छ । मन्त्री चौधरीको बैंकमा ५० हजार मौज्दात रहेको छ भने एकथान मोटरसाइकल समेत सम्पत्तिको रुपमा रहेको छ । ७ तोला सुन र ३५ तोला चाँदी रहेको यो परिवारसँग विभिन्न कम्पनीको ६२ हजार ५ सय मूल्यको १७५ कित्ता सेयर रहेको छ । १० कठ्ठामा केरा खेती गरेको यो परिवारसँग राँगा २ थान, पावरटिलर ट्याक्टर १ थान समेत सम्पत्तिको रुपमा रहेको छ । यो परिवारले बैंकबाट १ लाख ऋण समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group