ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको सामाजिक र आर्थिक सशक्तिकरण हुन सकेन– नेता पौडेल


एबीसी न्यूज
१५ जेष्ठ २०७५, मंगलबार   ५ : ३४   बजे

काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा गणतन्त्र प्राप्त भएका एक दशक पूरा हुँदा पनि जनताको सामाजिक र आर्थिक सशक्तीकरण हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘गणतन्त्रको एक दशक  अबको प्राथमिकता सुशासन र सुव्यवस्था’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन ।”

वरिष्ठ नेता पौडेलले मुलुकमा विधिको शासन, सामाजिक न्याय, समानताको अनुभूति प्रत्येक नागरिकले गर्न पाउनुपर्ने उल्लेख गर्दै “गणतान्त्रिक व्यवस्थामा सोहीअनुसारका संस्कार र संस्कृतिको विकास गर्नुर्पछ, लोकतन्त्रको आधारभूत मूल्य र मान्यताबाट कोही पनि बाहिर जानु हुँदैन्,” भन्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराइले गाणतन्त्र प्राप्त भएपछि संविधान जारी र तीन तहका निर्वाचन सम्पन्न भई सरकार गठन भएको विषय देशको समृद्धिका लागि महत्वपूर्ण भएको बताउँदै नागरिक समाज तथा बुद्धिजीवीको क्रियाशीलताका कारण अहिलेको अवस्थामा कोही पनि तानाशाही बन्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारले न्यायालयको गरिमामा आँच आउने गरी अपराधीलाई आम माफी दिने कार्यले विधि र कानुनको शासनमा अवरोध पु¥याउने कार्य गरेको उल्लेख गर्दै संघीयताको व्यवस्थापन सही ढंगले गर्नुपर्ने अहिलेको अर्को चुनौती भएको विचार व्यक्त गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सबैको साझा प्रयत्नबाट गणतन्त्र प्राप्त भएको बताउँदै कानूनी व्यवस्था कमजोर भएमा राजनीतिक शक्ति कमजोर हुने र गणतन्त्रको संस्थागत विकासमा समेत समस्या आउनेछ भन्नुभयो ।

पा. कृष्ण खनाल, नागरिक अगुवा श्याम श्रेष्ठलगायतले सरकार गठनमा महिला प्रतिनिधित्व संविधानमा लेखिए अनुसार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संवैधानिक अधिकारलाई लागू गर्न राजनीतिक दल प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

एमाले लुम्बिनीमा ५२ हजार सदस्यले गरे सदस्यता नवीकरण : २८ हजार बाँकी

Sindhupalchowk District Grapples with Decades of Monsoon Disaster Impacts

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu