ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोमा परी ३० जनाको मृत्यु


admin
२८ श्रावण २०७४, शनिबार   १० : ५४   बजे

काठमाडौं, २८ साउन । लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी देशका विभिन्न स्थानका ३० जनाको मृत्यु भएको छ ।

एबीसी न्युजले गृहमन्त्री जनार्दन शर्मासँग गरेको एक्सक्लुसिज कुराकानीमा गृहमन्त्रीले शर्माले बाढी पहिरोमा परी देशभर ३० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । उहाँले ठूला नदीहरुमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन नागरिकलाई आग्रह गर्नुभएको छ । लगातारको वर्षापछि दाङमा बबई नदीमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बीस वटाभन्दा बढी घर बगाएको छ । यस्तै पचास वटाभन्दा बढी घर डुवानमा परेका छ । त्यस्तै, राप्ती नदीमा आएको बाढीले घर बगाउँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको छ ।

बाढीले बगाएको एक जना बेपत्ता भएका छन् । मृत्यु हुने चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, सुनसरीको इटहरीमा ५ र तरहरामा १ जना गरी ६ जनाको बाढीले बगाएर मृत्यु भएको भएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरीगाउँका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ हाल इटहरी ४ बस्ने माला राईको तीन बर्षको छोरा रुपेस राई र ८ बर्षकी रुपसनी राई रहेका छन् । यस्तै, घरमा पानी पसेपछि इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० वर्षका एक व्यक्तिको मृत्यु भएको गएको प्रहरीले जनाएको छ ।

जिल्लाकै लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा बाढीले बगाएर दुई जनाको मुत्यु भएको छ भने एक बालिका बेपता भएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षीया लक्ष्मी पाण्डेको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई घरनजिकैको झिलमिले खोलाले बगाएर मुत्यु भएको हो । त्यस्तै झापा गाउँपालिका २ बस्ने ३५ वर्षीया धनमाया घोसाइनीको मुत्यु भएको छ भने उनकी करिव १५ वर्षीया कमला घोसाईनी बेपता भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

झापामा अहिलेसम्म सयौं घर डुबानमा परेको छन् भने एक हजार घरपरिवार विस्थापित भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काका रहेका छन् पहिरोमा पुरिएका उदयबहादुर खड्का उद्धार गरिएको छ । दुई दिनदेखि लगातार परिरहेको पानीले गर्दा जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिंदा उक्त घटना भएको हो ।

थुपारिएपछि माटो हटाउन प्रहरी कार्यालयलाई बारम्बर आग्रह गर्दा समेत प्रहरीले बेवास्ता गरेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ । पहिरोले नेपाल पत्रकार महासंघ, सिन्धुलीको जग्गामा टहरो बनाएर बस्दै आएका चार जनाको मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १० गन्धर्वटोलका २० वर्षीय राजेन्द्र थारुको बबइ नदीले बगाएर बेपत्ता भएका छन् । जिल्लाको बाँसगढी नगरपालिकामा १२ घर डुबानमा परेको जानकारी प्राप्त भएको छ ।

राजविराज नगरपालिकामा २० वर्षकै उच्च बाढीको जोखिम बढेको छ । शनिबार बिहानै राजविराज नगरपालिका डुबानमा परेको छ । यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका शुक्रबार मध्यरातिदेखि नै डुबानमा परको छ । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना पनि डुबानमा परेको खबर प्राप्त भएको छ । इटहरीको पूर्वमा रहेको बुढीखोलको झोलुङगे पुल पनि बाढीले बगाएको छ । यस्तै, बबइनदीको पानीको सतह खतराको तहभन्दा माथि भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकलाइ सजग रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group