ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ४ : ५१   बजे

बाँके, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो ।

सरकारले वित्तिय समानीकरण र सर्शत अनुदानमा मात्र बजेट विनियोजन गरेको छ । बाँकेको कुनै पनी स्थानीय निकायलाई समपुरक र बिशेष अनुदान भने सरकारले उपलब्ध गराएको छैन । जिल्लामा सबैभन्दा बढी बजेट नेपालगन्ज उप–महानगरपालिकालाई बिनियोजन गरिएको छ भने सबैभन्दा कम नरैनापुर गाउपालिकाको बजेट रहेको छ । नेपालगन्ज उप–महानगरपालिकाको बजेट ६५ करोड ४४ लाख, कोहलपुर नगरपालिकाको बजेट ४० करोड ८१ लाख रहेको छ ।

६ गाउँपालिकामध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकालाई बजेट छुट्याएको छ भने दोस्रोमा खजुरा गाउँपालिका रहेको छ । राप्तीसोनारी गाउँपालिकालाई ३६ करोड २ लाख, खजुरा गाउँपालिकालाई ३५ करोड ७२ लाख, बैजानाथ गाउपालिकालाई ३१ करोड ३६ लाख, डुडुवा गाउँपालिकालाई २१ करोड ५७ लाख, जानकी गाउँपालिकालाई २० करोड ९२ लाख, र नरैनापुर गाउँपालिकालाई २० करोड ८० लाख रुपैया विनियोजन गरिएको छ । राप्तीसोनारी क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका हो भने नरैनापुरलाई सरकारले पिछडिएको क्षेत्रमा सूचीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group