ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   ७ : ०४   बजे

सुर्खेत,२३ जेठ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो ।

यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करीब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । तीमध्ये हालको भेरीगंगा नगरपालिकामा पर्ने ‘मदानेचौर’ विमानस्थलका लागि उचित ठानिएको थियो ।

उक्त विमानस्थल निर्माणका लागि अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणले लागत बढी लाग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पछि हट्नु परेको जनाएको छ ।

प्रादेशिक स्तरको विमानस्थल बनाउन पनि कम्तीमा रु १० अर्ब खर्च लाग्ने प्राधिकरणले जनाएको छ । अब बन्ने भनिएको प्रादेशिक स्तरको विमानस्थलमा दुई हजार ६०० मिटरसम्म रन–वे बनाउन सकिने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।

विमानस्थल निर्माणका लागि काम शुरु भएमा आगामी पाँच वर्षभित्र नै सम्पन्न भइसक्ने उहाँले बताउनुभयो ।

उक्त विमानस्थल निर्माणको विषय अहिलेको संघीय बजेटमा समावेश गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले बजेटमा उक्त विमानस्थल नसमेटिए पनि प्राधिकरणले बनाउने बजेटमा समावेश गरिने आश्वासन दिनुभयो ।

पर्यटनका हिसाबले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै उहाँले यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu