ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   ९ : ४७   बजे

भीमदत्तनगर, २३ जेठ।  कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ÷कटाइको काम गर्नुहुन्छ ।

आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बन्नुभएकी रानाको परिवारको खर्चसमेत सिलाइ÷कटाइबाटै चलेको छ । धनगढी उपमहानगरपालिकाको ‘कैलाली गाउँ’मा माइतीघर छँदा सिलाइ कटाइको काम सिक्नुभएकी राना विवाहपछि उक्त सीप दैनिकी धान्ने औजार बनेको बताउनुहुन्छ ।

“विवाहपछि केही समय घरमै बसेर पनि गाउँलेको लत्ताकपडा तथा स्कूल डे«सहरु सिलाइ गरेँ”, उहाँले भन्नुभयो, “श्रीमान् फर्निचरको काम गर्नुहुन्छ, म सिलाइको ।” दम्पतीसित भएको सीप नै उहाँहरुको परिवारको लालनलापनदेखि खर्च टरेको छ ।

सिलाइको कामसँगै पछिल्लो समय गाउँका महिलालाई समेत सिलाइ/कटाइको प्रशिक्षण दिँदै आउनुभएकी माया राना पछिल्लो समय राना थारू समुदायका युवतीसमेत सीपमूलक काममा आकर्षित भइरहेको बताउनुहुन्छ ।

“अहिले मेरै पसलमा समेत राना समुदायका युवती सिलाइको काम सिक्दैछन्”, उहाँले भन्नुभयो, “आफू सामान्य लेखपढ भएपनि सीपकै कारण अहिले अरूलाई पनि सिकाउने भएँ ।” “परिवारको सामान्य अवस्था हुँदा ५ कक्षामै विद्यालय छाडेँ”, उहाँले भन्नुभयो, “पढाइ नसके पनि अभिभावकले व्यावसायिक सीप आर्जन गर्न लगाएँ ।”

गाउँको सिलाइ पसलमा खड्डा, कंकड, धनसिंगा, ‘ख’ गाउँ, बीचफाँटाबाट समेत स्थानीयवासी आउने गरेको उहाँले बताउनुभयो । “गाउँमा छिटो÷छरितो सेवाग्राहीको काम गरेकै कारण व्यापारको दायरा बढ्दै गयो”, रानाले भन्नुभयो, “जेठ/वैशाखमा स्कूलको भर्नाका बेला निकै कामको चाप हुन्छ ।”

उहाँले सिलाइ÷कटाइबाट मासिक रु दश हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । “सीप भए लगानी थोरै भएपनि आम्दानी राम्रो हुँदोरहेछ”, रानाले भन्नुभयो, “दातृ निकायबाट सहयोग मिले गाउँमा सिलाइको दक्ष प्रशिक्षक बन्ने सोचमा छु ।” सिलाइबाट आम्दानी भएको रकम उहाँ मासिक आमा समूहमा बचतसमेत गर्नुहुन्छ । “दुईवटा समूहमा मासिक रु ४०० बचत गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “हाम्रो समुदायमा सिलाइ÷कटाइको काम गर्ने युवती बढ्दै गएका छन् ।”

उहाँले राना समुदायमा युवा पुस्तामाझ भने परम्परागत पहिरन लोप हँुदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “गाउँमा बुढी आमाहरु परम्परागत पहिरन घरमै उत्पादन गरेर लगाइरहेका छन्”, उहाँले भन्नुभयो, “युवापुस्ताले समेत पहिरन संरक्षणमा ध्यान दिनु जरुरी छ ।”

त्यसैगरी, सोही गाउँकै २१ वर्षीया सुमित्रा राना पनि प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएर सिलाइ कटाइ नै गर्नुहुन्छ । विगत सात महिनादेखि सिलाइको काम सिकिरहेको बताउँदै उहाँले पनि सीप सिकेर व्यापार गर्ने योजना रहेको बताउनुभयो । “सीप हातमा भएपछि त केही गर्न सकिन्छ भन्ने मनोबल पनि उच्च हुँदोरहेछ”, सुमित्राले भन्नुभयो, “घरमा बेरोजगार भएर बस्नुभन्दा सीप सिक्न मन लाग्यो ।”

विगतमा घरमा सिलाइ÷कटाइ गरेबापत सिलाउनेलाई अन्न दिने प्रचलनसमेत हट्दै गएको उहाँले बताउनुभयो । “सिलाइ गरेबापत पहिले दमाईंहरुलाई वार्षिक धान, गहुँ दिने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो दशकयता हाम्रो समुदायमा पनि सीप सिकेर आफैँ सिलाउन थालिसके ।”

त्यसैगरी, स्थानीयवासी देवकी राना पनि सुमित्रासित सिलाइको काम सिक्दैहुनुहुन्छ । “थोरै लगानीमा सीप भए व्यवसाय गर्न सकिने भएर सिलाइको काम सिक्दैछु,” २० वर्षीया देवकीले रासससित भन्नुभयो, “हातमा सीप भए बेरोजगार हुनुपर्ला र?” उहाँले पनि घरका अभिभावकको सल्लाहमा फुर्सदको समयमा सिलाइको काम सिकिरहेको बताउनुभयो ।

उहाँले राना र थारू चौधरी समुदायका युवायुवती सीपमूलक काममा अग्रसर रहेको बताउनुभयो । “पहिले अरू समुदायले मात्रै यो काम गर्थे”, उहाँले भन्नुभयो, “आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सबैको ध्यान सीपमूलक कामले तान्दै गयो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu