ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरानै विधिबाट लाभकर गणना गर्न सरकार तयार


एबीसी न्यूज
२३ जेष्ठ २०७५, बुधबार   ३ : २८   बजे

लाभकर गणना विधिमा पुरानै प्रक्रिया अपनाउन सरकार तयार भएपछि सेयर कारोबार खुलेको छ।
असार मसान्तसम्म पुरानै विधिबाट लाभकर असुल गर्ने र त्यसपछि गठित समितिको सुझाव अनुसार अघि बढ्न सरकार तयार भएपछि लगानीकर्ताले आन्दोलन फिर्ता लिएका छन्। सरकार र लगानीकर्ताबीच आज वार्ता भएको थियो।

बोनस र हकप्रद सेयरमा अंकित मूल्य १ सयलाई नै आधार बनाएर पूँजीगत लाभकर शुल्क आन्तरिक राजश्व कार्यालयले नेप्सेलाई निर्देशन दिएपछि लगानीकर्ता आन्दोलित भएका थिए। सो व्यवस्थाले नोक्सान ब्यहोर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलका अनुसार आन्तरिक राजश्व विभागको सर्कुलर तत्कालका लागि स्थगित गर्ने सहमति भएको हो, फिर्ता गर्ने सहमति होइन ।

अर्थमन्त्रालयले मंगलबार हकप्रद र बोनसमा लाभकर गणनाको विधिको बिषयमा अध्ययन गर्न सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो । समितिमा नेप्से, सिडिएससी र धितोपत्र बोर्डका अधिकारीको समेत सहभागिता छ।  इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले असार मसान्तसम्म पुरानै प्रक्रियाबाट लाभकर असुल गर्ने सहमति भएको जानकारी दिए। उनले भने ‘हामीले जे माग उठाएका हौं, सरकार त्यसमा तयार भयो, हामीले पनि कारोबार सुचारु गर्यौं।’

लगानीकर्ताको आन्दोलन फिर्ता भएपछि १ बजेर ९ मिनेट जाँदाबाट सेयर कारोबार खुलेको छ। कारोबार खुलेपछि नेप्से परिसूचक उकालो लागेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सप्तरीमा सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या

तीन वर्षीया गरिमा चौधरीको हत्या : छोरीहरू कहिलेसम्म असुरक्षित?

रविको निर्देशन– पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

China’s Teenagers Embrace AI Through Growing Study-Tour Boom

China’s Robotics Industry Booms as Innovation Takes Center Stage

China Issues Flood Alerts for Southern Provinces as Typhoon Narra Approaches

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu