ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीले गरे बोलपत्र बहिष्कार


admin
२५ जेष्ठ २०७५, शुक्रबार   ४ : ४०   बजे

भक्तपुर, २५ जेठ । चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क संकलनका लागि आह्वान गरेको बोलपत्र अर्थात् ठेक्का प्रक्रिया व्यवसायीले बहिष्कार गरेका छन् ।

पर्यटकीयस्थल नगरकोट र विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर जाने विदेशी पर्यटकसँग पर्यटन शुल्क संकलन गर्न नगरपालिकाले गत वैशाख २१ गते ३५ दिने प्रस्ताव आह्वान गर्दै बोलपत्रको सूचना प्रकाशन गरेको थियो ।

बोलपत्रको आवेदन बुझाउने अन्तिम दिन बिहीबार अपराह्न ५ बजेसम्म कसैले पनि बोलपत्र नहालेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आज बोलपत्र आह्वान गरेपछि १७ व्यवसायीले फाराम लगे पनि अन्तिम दिन हिजोसम्म कसैले पनि फाराम नबुझाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन शुल्क संकलनका लागि गरिएको बोलपत्रको हिजो अन्तिम दिनसम्म फाराम लगेका कसैले पनि फाराम बुझाएनन्, नियमानुसार १५ दिनपछि पुनः बोलपत्र आह्वान गर्नेछौँ, पुनः बोलपत्र आह्वानमा पनि फाराम नआए, नगरपालिका आफैँले पर्यटन शुल्क संकलन गर्छ ।”

पुनः बोलपत्र प्रक्रियामा जाँदा पनि व्यव्सायीले फाराम नबुझाए नगरपालिका आफँैले त्यसको व्यवस्थापन गर्दै शुल्क संकलन गर्ने छ प्रमुख मिश्रले भन्नुभयो ।

नगरपालिकाले संकलन गरेको पर्यटन शुल्कको रकमबाट चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास र पर्यटन प्रवद्र्धनमा खर्च गरिने पनि उहाँले बताउनुभयो ।

यता व्यवसायीले भने नगरपालिकाले गतवर्षभन्दा सात गुणा बढी रकम राखेर बोलपत्र आह्वान गरेकाले बहिष्कार गरेको बताएका छन् । फाराम ल्याएका सगुन खड्काले नगरपालिकाले नियमभन्दा बढी रकम राखेर टेण्डर आह्वान गरेकाले सबैले बहिष्कार गरेको बताउनुभयो ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐनमा प्रत्येक वर्ष १० प्रतिशतका दरले बोलपत्रको रकम बढाएर आह्वान गर्नुपर्नेमा नगरपालिकाले सात गुणा बढी शुल्क राखेर बोलपत्र आह्वान गरेकाले फाराम ल्याउने सबै व्यवसायीले सल्लाह गरेर बहिष्कार गरेको उहाँले बताउनुभयो ।

फाराम लैजाने अर्का व्यवसायी रामेश्वर थापाले नगरपालिकाले नियमसंगतरुपमा बोलपत्र रकम नघटाए फाराम नबुझाउने बताउनुभयो । नगरपालिकाले एउटा फाराम रु पाँच हजार लिएर त्यसलाई समेत महँगो बनाएको उहाँको गुनासो छ ।

नगरपालिकाले आव २०७५÷७६ का लागि नगरकोट र चाँगुनारायण जाने पर्यटन शुल्कबापत एकमुष्ट रु. तीन करोड ३९ लाख रकम निर्धारण गर्दै बोलपत्र आह्वान गरेको हो ।

गतवर्ष नगरपालिकाले त्रिनेत्र कन्स्ट्रक्सनलाई नगरकोटका लागि असोजदेखि यही असारसम्मका लागि पर्यटन शुल्क संकलन गर्न रु ५१ लाखमा बोलपत्र स्वीकृत गरेको थियो । चाँगुनारायण मन्दिर जाने पर्यटकका लागि एक वर्षको रु ४० लाखमा बोलपत्र स्वीकृत गरेको थियो ।

त्रिनेत्र कन्स्ट्रक्सन सञ्चालकका अनुसार गतवर्ष नगरकोटमा रु ५१ लाखमा टेण्डर पर्दा सबै खर्च कटाएर नौ महिनामा करीब रु ६० लाख फाइदा भएको छ ।

गतवर्ष नगरपालिकाले पर्यटकसँगै भ्याट लिन पाउने व्यवस्था गरेको भए पनि यसवर्ष भने पर्यटकसँग भ्याट लिन नपाइने तर नगरपालिकालाई भ्याट बुझाउनुपर्ने व्यवस्था गरेकाले फाइदा नहुने देखेपछि व्यवसायीले बोलपत्रको फाराम नबुझाई बहिष्कार गरेको व्यवसायीको भनाइ छ ।

आव २०७४÷७५ का लागि नगरकोट र चाँगुनारायण मन्दिर जाने पर्यटकमध्ये भारतीयसँग प्रतिपर्यटक रु २०० र भारतबाहेकका पर्यटकसँग प्रतिपर्यटक रु ३०० पर्यटन शुल्क संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group