विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र परीक्षणमा पानीमा कोलिफर्म र ई. कोली भेटिएको हो ।
चालू आर्थिक वर्षको १० महिनामा खराब पानी उत्पादन गर्ने २२ सहित दूध, दही, तेल र घिउ गरी १३५ उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।
उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासनमा कारबाहीका लागि विभागले सिफारिस गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
ई. कोली मानिस तथा जनावरको तथा कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हुन् । यस्ता जीवाणुयुक्त पानी सेवन गरे झाडापखालालगायत गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
घिउ र तेल गुणस्तरहीन
बजारमा बिक्रीका राखिएका कैयौँ कम्पनीबाट उत्पादित घिउ र तेल पनि गुणस्तरीय नभएको विभागले जनायो । परीक्षण गर्दा घिउ र तेल नै न्यून गुणस्तरको पाइएको विभागका प्रवक्ता वस्तीले बताए । उनले विभिन्न कम्पनीविरुद्ध मुद्दा दर्ता गराएको पनि जानकारी दिए ।
बजार निरीक्षकहरूले बजारबाट संकलन गरेको पानी, दूध, तेल र घिउको नमुना विभागको आफ्नै प्रयोगशालामा परीक्षण गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । नयाँ पत्रीका बाट
प्रतिक्रिया दिनुहोस्