ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख र उपसभामुखबारे संविधानबाटै निकास खोजिने : नेता पौडेल


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ६ : ५३   बजे

काठमाडौं, २६ जेठ। नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानबाटै निकास खोजिने बताउनुभएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेकाले यस विषयमा कानूनविद्सँग छलफल गर्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आकस्मिकरुपमा पार्टी एकता भएकाले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपूर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकाले संविधानको मर्मअनुसार नै हामी अघि बढेका थियौँ, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौँ, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्नेछाँै ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकाले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, “एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लङ्घन हो, त्यसैले तत्काल एकजनाले राजीनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरुले संसदीय व्यवस्थामा विश्वास गर्ने भएकाले प्रचण्डले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान नसकिने बताउनुभयो ।

उहाँले इजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सञ्चालन नियमावली दलबीचको सहमतिमै पारित भएको हो, नेपालका नेताहरु एकछिन झगडा गर्छन् र अन्तिममा मिल्ने गर्छन् यो नै हाम्रो विशेषता हो ।”
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group