ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग वाणिज्य संघ, दैलेखले बुझायो मूख्यमन्त्रिलाई ज्ञापन पत्र


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ७ : १७   बजे

दैलेख,  २६ जेठ । उद्योग वाणिज्य संघ, दैलेखले आज कर्णाली प्रदेशका मूख्यमन्त्रि महेन्द्रबहादुर शाहीलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कूलबहादुर वि.क.को नेतृत्वमा गएको टोलीले मूख्यमन्त्रिको निवास वीरेन्द्र नगर सुर्खेतमा ज्ञापनपत्र बुझाएको हो ।

आज बुझाएको ज्ञापन पत्रमा पूर्वाधारतर्फ सुर्खेत वाट दैलेख सदरमुकाम हुदै दैलेख कालिकोट र जुम्ला, चीनसम्म जोडिने सडक खण्डमा आवश्यक बजेट थप गरी यथासिघ्र सडक निर्माण गरिनु पर्ने, दैलेख जिल्लालाई १३२ के.भी. विद्युत लाईन प्रशारण र विस्तार यथासिघ्र गरिनु पर्ने, दैलेख जिल्लाका किसानहरुलाई ब्यवशायिक किसान बनाउन सिचाँईको अति आवश्यक परेको छ ।

तसर्थ गुराँसे क्षेत्र, दुल्लु क्षेत्रमा मेगा प्राजेक्टको संभाब्यता अध्ययन, डिटेल स्टमेट तयार पारी लोहरे र कर्णालीको पानी लिफट सिँचाई मार्फत सिचाँई सुविधा उपलब्ध गराउन बजेट विनियोजन गरिनु पर्ने, दैलेख जिल्लामा १ वटा कोल्ड स्टोर्स, ११ वटै स्थानीय तहमा हाटबजार संचालन र स्थानीय उत्पादनको प्रदर्शनी गर्नका लागि स्थायी संरचना निर्माण गर्न वजेट विनियोजन गरिनु पर्ने माग राखिएको छ ।

यसै गरी संभाब्यता अध्ययन गरी दैलेख जिल्लामा एयरपोट निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी कार्य प्रारम्भ गर्न, जिल्ला सदरमूकाममा वृहत्त प्याराफिट सहितको मैदान निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । उद्योग तर्फ ढुङ्गेश्वर गाउँपालिकाको वडा नंं १ को लमरु भन्ने ठाउँको जग्गा अधिकरण गरी औद्योगिक क्षेत्र निर्माण गर्नका लागि संभाब्यता अध्ययन र आवश्यक बजेट यसै वर्ष विनियोजन गर्न, नौमूले क्षेत्रमा १ वटा औद्योगिक ग्राम यसै वर्ष निर्माण गर्न, पंचकोशी विकास कोष गठन गरि एकीकृत पंचकोशी विकास प्रकृया संचालन गर्न संभाब्यता अध्ययन, डिटेल स्टमेट र आवश्यक बजेट विनियोजन गर्न, दैलख जिल्लाको सदरमूकाममा रहेको टुडिखेल, पंचदेवल, गढीलाई नगरपालिकाको मातहतमा ल्याई त्यसको सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि नीतिगत निर्णय र आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।

संस्थागत विकास तर्फ र ५ लाख सम्म कारोवार गरिरहेका उद्योगी व्यवसायीहरुलाई पूर्ण रुपमा कर छुटको व्यवस्था र रु ५ लाख भन्दा १ करोड सम्मको कारोवार गर्ने उद्योगी व्यवसायीहरुलाई ५ लाख देखि २० लाख सम्म १ तह,  २० लाख देखि ४० लाख सम्म दोस्रो तह,  ४० लाख देखि ६० लाख सम्म तेस्रो तह र ६० देखि  १ करोड सम्म चौथो तह निर्धारण गरि सरकार र नीजि क्षेत्रको समन्वयमा आयकर निर्धारण गर्न, एक प्रद्ेशवाट अर्को प्रदेशमा पैठारी गरिने कृषि उपज तथा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको लागि आयात र निर्यातमा कुनै पनि कर नलाग्ने व्यवस्था गर्न, लघु, घरेलु तथा साना उद्यमीहरुले खरिद गर्ने प्रविधिमा कुनै प्रकारको पनि कर शुल्क नलगाउने नीति निर्माण गर्न, बैक तथा वित्तिय संस्थाहरुले लगानी गर्ने कृषि कर्जाको लागि बजार क्षेत्रको मात्र धितो लिइने गरेकोमा गाँउपालिकाहरुको धितोको पनि मूल्याङ्कन गरि परियोजनाका आधारमा ऋण दिने वित्तिय नीति लागु गर्न, संघको आयोजनामा मिति २०७५ फाल्गुण १७ देखि २७ सम्म कर्णाली प्रदेश स्तरिय महोत्सव तथा औधोगिक लगानी वर्ष २०७५ को लागि आवश्यक वजेट विनियोजन गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै मूख्यमन्त्रि महेन्द्रबहादुर शाहीले नीजि क्षेत्रसित सहकार्य गरी समृद्धि हाँसिल गर्ने योजनामा कर्णाली प्रदेश सरकार रहेकाले दैलेख उद्योग वाणिज्य संघले माग गरेका उचित मागहरु पुरा गर्ने प्रतिवद्धता जोहर गर्नु भएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघले स्वागत गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu