ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यहाँ महिला मात्र हैन पुरुषपनि गुलाम छन्


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ५ : ४२   बजे
शारदा शर्मा
शारदा शर्मा

मानिसले बनाएको एउटा मेशिन केही समय अगाडी निकै चर्चित बन्यो विश्वभर । अझ महिला भनेर साउदी अरबले नागरिकता दिएपछि त्यो मेशिनको चर्चा निकै चुलियो पनि । सामान्य रुपमा हेर्दा पनि चिनिया नागरिक जस्तो देखिने त्यो यन्त्रलाई महिलाकै भेषभुषामा सजाइएको थियो । मानिसहरुले सोधेको जवाफ दिनसक्ने सफ्ट्वयर जोडेर तयार गरिएको त्यो मेशिनलाई महिलानै बनाएर प्रस्तुत गरिरहंदा मेरो मनमा अनगिन्ति प्रश्नहरु सलबलाए ।

त्यो मेशिन जस्लाई साउदी अरबले महिला भनेर नागरिकता पनि दियो, जे भए पनि त्यो मेशिन मानिसलेनै बनाएको मेशिन हो । बिज्ञान र प्रबिधिले उच्च गति लिएको बर्तमान समयमा मानिसले बनाएको उक्त मेशिनलाई सोफिया नामाकरण गर्ने मानिसहरुनै हुन । त्यो निर्माण र प्रयोगमा महिलाहरुको पनि बलियो उपस्थिती रहेको हुनुपर्छ । यो प्रबिधिमा राम्रो छलाड.पनि हो । तर मेरो मनमा अनेक सवालहरु जवाफ बिहिन नै छन् । आज पनि, आखिर मेशिन मेशिननै हो जस्लाई मान्छेले नै निर्माण गरे, तर त्यसलाई सोभित, सुभम नाम पनि दिन सकिन्थ्यो तर असाध्यै सुन्दर महिलाको रुपमा त्यो मेशिनलाई प्रस्तुत गरियो ।

लाग्यो यसलाई केटा मान्छे बनाएर पनि त प्रस्तुत गर्न सकिन्थ्यो । बिज्ञापनको दुनियामा रोवर्टलाई पनि महिलाकै रुपमा प्रस्तुत गर्नुपर्ने यो दुनियाको सोच नै कति उदेक लाग्दो होला ? हुन त दुनिया न महिला बिना नै चलेको छ न पुरुष बिना नै, न यो ठूलो बिषय थियो न यो मेशिन मेरो देशमा उत्पादन गरिएको थियो र पनि मेरो सानो दिमागमा यी कुराहरुले अनेक तहल्का मच्यायो । केही समय अगाडी काठमाडांैमा उत्रिएर एउटा कार्यक्रममा तिमि त अनमोल के सी जस्ता देखिन्छौ नी भनेर मेशिनले बोलिरहदा पुरुष मानसिकता भित्रको उन्मादको एउटा छाल पक्कै पनि ती मेयरको दिमागमा घुमेको हुनुपर्छ । किनकी मेशिन केटीको रुपमा छ ।

असाध्यै सुन्दर केटी, जस्को ओठमा लाली छ, आँखामा गाजल छ, कपडा पनि त्यसरी नै पहिरिइएकि छन् सोफियाले । यसरीनै प्रत्यक महिला सोफिया बने भने ? मेशिन जस्तै स्पात बनेर ?? उ त मानिसको इसारामा चल्ने मानिसले बनाएको औजार हो । तर हामी महिलाहरु त ? काठमाडांैमा स्पात बनेर एउटा मेशिन महिलाको रुप धारणा गरिरहदा र हाम्रा दाजुभाइहरुले त्यो मेशिनसंग अनेक सवाल गरिरहेको अवस्थामै यहिको एउटा घरभित्र महिला बलात्कृत बनेकी छन् । दुर दराजको कुरा नगरौ दिनदाहाडै शहरमा महिलाहरु बच्चा बच्चीहरु हिंसाको शिकार बनिरहेका छन् । आखिर किन ? यहा मानविय सोच नै कमजोर बनेको हो ? पुरुष मानसिकता हावी भएको हो ? या महिलाहरुले आफुले आफैलाई बुझ्न नसकेको ? केही बुझ्न सकिन ।

अनेक कुराहरुले दिमाग भित्र कमिला सल्बलाए जस्तो लाग्यो । प्रविधिको नाममा एकातिर मान्छेले नै बनाएको मेशिन मान्छेको रुपमा प्रस्तुत हुन सक्षम छ , अर्कोतिर त्यहि प्रविधिको बिकास गर्न योग्यहरु त्यसको प्रयोगकै कारण अनेक बिकृतिमा लिनछन् । कस्तो कुरालाई हामीले अनुशरण गर्ने भन्ने कुराको ज्ञान नभएर हो ? नैतिकता हराउंदै गएको हो ? या समाजमा मानवियताको अन्त हुन थालेको हो ? हजुर आमाका धेरै कुराहरु यहाँ पनि सम्झिए । जतिबेला धर्मको नाममा व्यापार हुन्छ धर्मको नाममा कालो काम हुन्छ धर्मको बुर्का भित्र अनेक धन्दाहरु चल्न थाल्छन् त्यतिबेला समाज र सामाजिक नियमहरुले ट्याक छोड्न थाल्छन , अनेक बिकृति र बिसंगतिहरु बढ्न थाल्छन् । त्यतिबेला भगवानले पनि केही गर्न सक्दैनन उनी पनि निरिह बन्छन् ।

हजुरआमाले भनेका धेरै कुरा सहि लाग्दा लाग्दै पनि भगवान निरिह हुने कुरा पटक्कै मन पर्दैनथ्यो मलाई । लाग्थ्यो भगवान निरिह हुनै हुदैन । न मैले भगवान नै देखेकी थिए न आजसम्म देखेकी छु र पनि सोच्थें आत्मअनुशासन नै भगवान हो र हरेक भित्र भगवान हुनुपर्छ र हुन्छन् । तर जहा अनुशासनको अन्त हुन्छ मानिसहरु स्वतन्त्रताको नाममा आफुले आफैलाई बिर्सदै जान्छन समाज र सामाजिक मुल्यमान्यताहरु कमजोर बनाइदै जान्छन त्यतिबेला यस्तो अवस्था आउछ । साँच्चै भगवान एउटा आस्था र विश्वास हो अनुशासन र अनुशरण हो । जुन अनुशासन र अनुशरण छोडेर मान्छेले आफुलाई अगाडि बढाउदै लान्छ त्यतिबेला उ जनावर जस्तै बन्छ र थाहा हुंदैन म के गरेको छु भन्ने अनि मैले के गर्न हुन्छ या हुन्न भन्ने ।

सायद त्यसैले त आज जताततै हाम्रा छोरी चेलीहरु माथि हिंसा भएको छ , बच्चाहरु माथि हिंसा भएको छ । यो मानवता हराउंदै गएको आभास हो । मैले सार्वजनिक संजालहरुलाई नियाले यो संजालले जीवन सहज बनाउनेहरु पनि छन् यही संजालले जीवन लथालिंग बनाउने हरुपनि छन् । यहां प्रविधिलाई भन्दा पनि हामी हाम्रो सोचलाई नियालौ त आज हाम्रा छोरीचेलीहरु किन असुरक्षित छन ? अनावश्यक कुरा गर्ने , संजाल प्रयोग गरेर हिंसा गर्ने, अनेक प्रभोलन देखाउने ,आश्वासन दिने, यस्ता बिकृतिहरु पनि निकै फैलिएका छन् । सेलिब्रेटिको नाममा अनेक अस्लिल कुराहरु पस्केर खुलेआम समाजलाई प्रभाबित पार्ने खालका समाचार र म्यासेजरु दिने । यस्ता कुराहरुले समाज दिनदिनै संबेदनहिन बनेको छ । दिनदाहाडै छोरीचेलीहरु बलात्कृत हुने र असुरक्षित हुने गरिरहेका छन् । हामीले प्रविधिलाई कसरी प्रयोग गर्ने ? जीवनलाई कसरी बुझ्ने ? जीवन के हो ? खुसी के हो अनि प्रविधि के हो ? यसलाई राम्रोसंग बुझ्न र बुझाउन सकियो भने हिंसाका घटनाहरु रोक्न अलि मद्धत हुन्थ्योकी ? मन अतासियो यहां मैले अक्षर जोडेर शब्द बनाइरहदा मेरै टेलिभिजनको स्क्रीनमा महिला बलात्कृत भएको रिपोटनै प्रस्तुत भैरहेको थियो ।

आफन्त बनेर साथी बनेर एउटा सर्कलनै बनेर बलात्कार हुन्छ । अनेक नामाकरण गरिन्छ, बोक्सीको उपाधि भिराइन्छ अनि सजाय दिइन्छ आखिर किन ? प्रत्यक घर घरमा समाज सामाजिक नियम र अनुशासन सिकाउन सकियो भने यो निकै कम हुनेछ ? सोचे हामीले जन्माएका छोराहरुबाट हामीले नै जन्माएका छोरीहरु दिनदाहाडै बलात्कृत हुंदैछन एकपटक सोचौत अनुशासन हामीले सिकेनौ या सिकाउन सकेनौ ? हामी महिलाहरु जो संग अनेक तागत छ ,जुनसुकै लेवलमा होस घर समाल्ने देखि समाज र देश निर्माण गर्नमा हाम्रो उत्तिकै योगदान छ जति हाम्रा बा भाइ छोराहरुको छ । सायद घरमा श्रीमति संग सल्लाह नगरि निर्णय लिने कुनै पनि पुरुष छैनन् एकाध बाहेक । उपस्थिति महिलाको जहा जसरी होस । यती कुरालाई महसुस गर्न सक्दा मात्र हामीले आधा अधिकार प्राप्त गरिसकेका छौ । बाकि आधा अधिकार प्राप्त गर्न र समाजलाई समुन्नत बनाउन हामी महिलाहरुको ठूलो हात छ । लाग्यो महिलाहरुले मनबाटै चाहाने हो भने दिनदाहाडै हुने हिंसा कम हुन समय लाग्ने छैन ।

किनकी हामीले हाम्रा भाइछोरा, बा, श्रीमान , पुसाजु, काका, देवरानी, सासु , नन्द अनेकले अनेक रुपमा समाजमा गरेका हिंसाको खुलारुपमा बिरोध गर्न सकेंउ भने पक्कै पनि समाज समुन्नत हुनेछ । आँखै अगाडि तपाईको बा ले अर्को कसैलाई हिंसाको शिकार बनाएको छ भने बिरोध गर्नुस । नाता जे सुकै परोस श्रीमान बाउ , भाइ , छोरा , आमा , काकी , छोरी बुहारी नभनीकन हामीले नै उनीहरुलाई सजाय दिन सकेंउ भने हाम्रो अगाडि हिंसा निकै कम हुनेछ । आफैले निर्माण गरेको समाज समुन्नत गराउन हामी आंफैले पहल गरेनौ भने हामीले खोज्ने अधिकार कहिल्यै पनि प्राप्त हुन सक्ने छैन ।

समाज सामाजिक संरचना ,जीवन र जगतका धेरै कुराहरु सिक्दै सिकांउदै मुख्य रुपमा सामाजिक अनुशासनलाई अनुसरण गर्न सकियो भने मात्र समाजमा हिंसा कम हुनेछ किन की यहाँ बिभेद छोरा छोरीमा हैन बिभेद हाम्रो सोचमा छ । यहाँ लोग्ने मान्छेहरु पनि गुलाम छन, श्रीमतीहरु पनि गुलाम छन् । जीवन केहो ? भनेर बुझ्नेहरुको लागि अनि सामाजिक नियम र मुल्य मान्यतामा चल्नेहरुको लागि यी शब्दहरुले कुनै असर गर्दैन किनकी मान्छे मान्छे मिलेर समाज बनेको हो । लोग्ने मान्छे र आइमाइ मान्छे बिना बनेको समाज हामीले देखेको पनि छैनौ र सुनेको पनि छैनौ तर यो सामाजलाई कुन बाटोमा लाने अनि कुन मान्छेलाई कसरी हेर्ने र कस्तो सम्मान दिने भन्नेत हाम्रो आफ्नै कुरा हो जव हामी आफ्नै कुरामा लडेर अनेक बखेडा शिर्जना गर्छौ साँच्चै हिंसा बढ्ने रहेछ त्यसैले समाज र यसको प्रकृया बुझौँ अनुसाशनमा रहेर सामाजिक मुल्य मान्यताहरुको अनुशरण गरौ प्रयास गरेर हेरौं ।

समाजमा महिलालाई बोक्सी भनेर नामाकरण गरिदा हाम्रा भाई छोराहरु भन्दा हामीनै धेरै उक्सीने गरेका छौं । हाम्रा छोरीहरुको इँज्यत लुटिदा घर भित्रको इँज्यत भनेर बाहिर आउन नदिनेमा हाम्रा भाइ छोरा भन्दा हामीनै अगाडि छौ । त्यसैले यस्ता अनेक कुराहरुलाई सुधारौ र हामी महिलाहरुले प्रयत्न गरौ । मेशिनलाई सोफिया नामाकरण गरेर स्टेजमा उभ्याइदा उसको सुन्दरताको हैन उसको क्षमताको बिकास गर्ने मान्छेहरुलाई नै बुझौ मान्छे जे पनि गर्न सक्छ यदि उसले अनुशासनलाई अनुशरण गर्न सक्यो भने । आजको जमाना भनेर गलत कुरालाई अगाल्ने हैन राम्रो कुराको डटेर पालना गर्न सकियो भने के यी अनेक विसंगतीहरु हाम्रो समाजबाट हटेर जानेछैनन् र ??

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group