काठमाडौं, २८ जेठ । सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो ।
समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए । शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस्