बाजुरा, २८ जेठ । बाजुराको गौमुल गाउपालीका १ मा ४ बर्षीय गौतम रोकायाको निमोनिया र पखालाकै कारण मृत्यु भएको छ ।
बालक गौतमको उपचारकाको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । उक्त गाउपालीकामा दर्जनौ बालवालीका विरामी भएको मृतकका बाबु लाल बहादुर रोकायाले जानकारी दिए ।
विरामी बालबालिकाहरुमा बान्ता हुने, ज्यरो आउने, पेट दुख्ने लगातार पखाला चल्ने जस्तो लक्षण देखा परेको स्थानीय वासिन्दाले बताए । गाउ“मा सामुदायिक स्वास्थ्य चौकी भए पनि कार्यलयमा एक साता देखि स्वास्थ्य कर्मी नहुदा उपचारका लागि एक दिनको बोटा हिडेर जिल्ला सदरमुकाम मार्तडी आउनुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्