ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख र उपसभामुखको विषयमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारी


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ४ : ५२   बजे

काठमाडौं ३० जेठ ।  सभामुख र उपसभामुख पदबारे प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन भएको छ ।

बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन सुरु भएको हो ।

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दावी गर्नुभयो । उहाँले सभामुख र उपसभामुख चुनावपश्चात नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलीय बाँडफाँडको कुराको औचित्यहीन भएको बताउनुभयो । लगत्तै प्रतिवाद गर्न र्माक समाई उभिएका कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिनालाई भने सभामुखले समय दिनुभएन । त्यसपछि कांग्रेसकी पार्वता डिसी चौधरी, अतहर कमाल मुसलमान , भरत शाहलगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न रोष्टम पुगेका सांसद अतहर कमाल मुसलमानले संविधान कार्यान्वयको सुरुवात सदनबाट नै हुनुपर्ने भन्दै सभामुख र उपसभामुख पदको सवालमा कांग्रेसका प्रमुख सचेतकले बोल्दै गर्दा  सत्ता पक्षबाट सांसहरुबीचमा भनाभन हुने अवस्था सिर्जना हुनु गलत भएको बताउनुभयो । उहाँले यस्तै हुने हो भने भोलिका दिनमा सदन सञ्चालन हुन पनि अप्ठ्यारो हुनेतर्फ सचेत गराउनुभयो । आफूहरुले उठाएको सवाल पद प्राप्तीको विषय नभई न्याय र सिद्धान्त तथा संविधान कार्यान्वयनको विषय भएकाले गम्भीरतापूर्वक ग्रहण गर्न सत्तापक्षको ध्यानाकर्षण गराउदै आवश्यक पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले आफूले बनाएको नियमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक देशमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद प्रकाश रसाइलीले सभामुख र उपसभामुख संविधानले गरेको व्यवस्था अनुसार गर्नुपर्छ भन्दा सांसदहरुप्रति आरोप–प्रत्यारोप हुने अवस्था सिर्जना हुनुले राम्रो सन्देश नजाने भन्दै कानुन र संविधानमा उल्लेख भएको प्रावधान कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान मैले नै बनाएको भन्ने केही नेताहरुले बाहिर गएर प्रतिक्रिया दिनु आपत्तिजनक कुरा हो ।  एउटा पदका लागि नेपाली कांग्रेस पार्टी मरिहत्य गर्ने पार्टी होइन । कुरा कानुन र संविधानको हो ।’

सांसद पार्वता डिसी चौधरीले सभामुख भन्दा विधि र पद्धति अनुसार चल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले संविधान कार्यान्वयन गर्नुपर्छ भन्दा सत्तापक्षका सांसदले विरोध गरेकोमा आपत्ति जनाउँदै संविधानको अक्षरसः कार्यान्वयन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group