ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् चोरी नियन्त्रणका लागि गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ६ : २६   बजे

काठमाडौँ, ३० जेठ ।   सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ ।

आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो ।

विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकमा विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भएमा गृह मन्त्रालयमार्फत सक्रियतापूर्वक कार्य गर्ने निर्णय गरेको छ ।

यस्तै सडक निर्माणका सन्दर्भमा विद्युत्का पोल समस्याका रुपमा रहेकाले अन्तर निकाय समन्वय गरी अत्यावश्यक स्थानमा तत्काल बिजुलीका पोल सार्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका आयोजनाको निर्माण कार्यमा लापर्बाही भई समयमा नै गुणस्तरीय काम नभए ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अनुरोध भई आएमा गृह मन्त्रालयबाट कानूनबमोजिम कारबाही गर्ने निर्णयसमेत भएको छ ।  बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu