ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   १ : ४३   बजे

इटहरी, ३१ जेठ।   नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु हो भन्नुभयो ।

उहाँले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने बताउनुभयो ।

नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक लेनदेन नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्छ भन्नुभयो ।
सोही अवसरमा उहाँले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा सांसद भीम आचार्यले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम साविक नेकपा (एमाले)का जिल्ला सभापति रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group