काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।
आइतबार बिहान पत्नी कोमलसहित पूर्वराजा शाह अस्पताल पुगेका हुन् । उनीसँगै परिवारका अरु सदस्य पनि अस्पताल पुगेका थिए ।
पूर्व युवराज्ञी हिमानी शाहले पनि स्वास्थ्य परीक्षण गराएकी छिन् । पूर्वराजा शाह निलो ट्रयाक सुट लगाएर अस्पताल पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लाष्टिक गरिएकाले मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्