केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरूलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकाल रिहा भएपनि विकलाई बौद्ध प्रहरीले छाडेको छैन ।
अध्यक्ष ढकालले शैक्षिक हड्ताल गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको बताए ।
प्रतिक्रिया दिनुहोस्