काठमाडौं, ३ असार । मन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेट स्थगित भएको छ। मन्त्रालयगत बजेट विनियोजमाथि छलफल चलिरहँदा सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।
प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय मामिला, सहरी विकास, महिला बालबालिका, र वन मन्त्रालयको बजेटमाथि छलफल भए पनि बैठकमा चारवटै मन्त्रालयका मन्त्री अनुपस्थित थिए।
संसदमा सम्वन्धित मन्त्री नै अनुपस्थित भएको भन्दै कांग्रेस संसद अमरेश कुमार सिंहले नियमापत्ति गरे।
प्रतिनिधि सभा नियमावलीमा सम्वन्धित मन्त्रालयबारे छलफल हुँदा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थिति हुनु पर्ने व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्