काठमाडौँ, ३ असार। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताउनुभएको छ ।
यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राख्नुभएको थियो । प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।
संसद्मा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दैैै उहाँले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्