ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न आज सोमबार गोलाप्रथा गरिँदै


एबीसी न्यूज
४ असार २०७५, सोमबार   ७ : ४९   बजे
काठमाडौं , ४ असार । राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ ।

राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै चार वर्ष तोकिनेछ । बाँकी २० जनाको पदावधि भने ६ वर्ष पुरै हुनेछ । यसका लागि सोमबार बिहान साढे ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा गरिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ वर्षको टुंगो लगाइनेछ । दलित, अल्पसंख्यक र अपांग कोटाबाहेक हरेक प्रदेशबाट चुनिएका राष्ट्रियसभाका सदस्य बीचमा गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था छ ।

संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार गोला प्रथाद्वारा पहिलो चरणमा गोला चुन्ने १९ जना सदस्यले दुई वर्षीय आफ्नो कार्यकालको सुनिश्चितता गर्नेछन् भने भने बाँकी रहेका २० जनाले ४ वर्ष र अन्तिम बाँकी २० जनाले ६ वर्षीय आ–आफ्नो कार्यकालको टुंगो लगाउनेछन् । गोला प्रथा कार्यक्रममा सबै सदस्यहरुलाई विभिन्न ५ समूहमा विभाजन गरिने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu