ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुमतिबिनाका ढुंगाखानी कानूनी दायरामा


bhawani desk
७ असार २०७५, बिहिबार   २ : २५   बजे

पर्वत, ७ असार । स्थानीय जलजला गाउँपालिकाले अनुमति नलिइ सञ्चालित ढुंगाखानीलाई कानूनी दायरमा ल्याउन पहल गर्ने भएको छ ।

अवैधरूपमा सञ्चालित ढुंगाखानीलाई अनुमति दिएर करको दायरामा ल्याउनसके आन्तरिक राजस्व वृद्धिका साथै व्यवस्थितरूपमा खानी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

जलजलाको माँझफाँट, लेकफाँट, बाँसखर्क र बनौललगायतमा दर्जनौँ ढुंगाखानी छन् । अवैधरूपले सञ्चालन भइरहेका ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गराएपछि उपयुक्तलाई वैधता दिने जनाएको हो ।

प्राविधिक र विज्ञको टोलीले गर्ने मूल्यांकनको प्रतिवेदनका आधारमा ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने अथवा बन्द गर्ने भन्ने विषयमा निर्णय लिन्छौँ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले भन्नुभयो, ढुंगाखानी सञ्चालन अनुमतिका लागि वातावरणीय मूल्यांकन पहिलो जरुरी सर्त हो ।

गाउँपालिकाको क्षेत्रभित्र पर्ने खोलाजन्य पदार्थ उत्खननको ठेक्का दिनुअघि कालीगण्डकीको बगरको समेत प्रारम्भिक वातावरणीय मूल्यांकन गरिएको उहाँले दिएका छन ।

कसैले अनुगमन र कडिकडाउ नगर्दा निजी जमीन, सार्वजनिक चौर तथा वन क्षेत्रमा समेत अवैधरूपले ढुंगाखानी सञ्चालन भएका छन् । यस्ता ढुंगाखानीका कारण भू्क्षय र पहिरोको जोखिमसमेत बढ्दै गएको छ ।

खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग, वन कार्यालय र भू–संरक्षण कार्यालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्था छ । हालसम्म सञ्चालित कुनै पनि खानीले अनुमति लिने र जिल्ला समन्वय समितिमा कर बुझाउने गरेका छैनन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जना र आम्दानीका हिसाबले प्रभावकारी माध्यम बनेको ढुंगाखानी कानूनी दायरामा नआउँदा राज्यका विभिन्न निकायले राजश्वको स्रोत गुमाएका छन् ।

बाँसखर्क लेखफाँट र माँझफाँटबाट निकालिएका ढुंगा कर बनाउन र सजाउनका लागि माग बढेपछि धमाधम नयाँ खानी सञ्चालन बढेका हुन् । ढुंगाखानीको अध्ययनका लागि गाउँपालिकाले गत पुसमा ३ नंका वडाध्यक्ष देवेन्द्र भण्डारीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको थियो । कानूनी अड्चनकै कारण समितिले अपेक्षित काम गर्न नसकेको संयोजक भण्डारीले बताएका छन।

सञ्चालित उद्योगले वातावरणलाई असर नगर्ने भए कानूनी दायरामा ल्याएर व्यवस्थित गर्न स्थानीय तहले सहयोग गर्ने गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताएका छन । हामीले अध्ययन गराउने योजना ल्यायौँ, अरू स्थानीय तहले पनि यस्तो गर्नैपर्छ”, उहाँले भन्नुभयो, आन्तरिक आयस्रोत बढाउनका लागि मात्रै नभई खानी सञ्चालन उपयुक्त ठाउँमा छ छैन,भन्ने नियमन गर्नु दूरगामी महत्वको काम हो ।

घरको गारो लगाउन प्रयोग गर्नुका साथै आधुनिक भवनमा आकर्षक सजावट गरिने भएकाले यस्ता खानीलाई कानूनी दायरामा ल्याएर सञ्चालन गर्नसके स्थानीय सरकारको आम्दानी पनि बढ्ने विश्वास जनप्रतिनिधिको छ । यहाँका ढुंगा पर्वत, बाग्लुङ, म्याग्दी र पोखराका बजारमा पुग्छन् ।

जिल्लामा अवैधरूपले सञ्चालित ढुंगाखानी दुई दर्जनको हाराहारी छन् ।सामुदायिक वन, निजी तथा सार्वजनिक जमीनमा अवैधरूपमा सञ्चालनमा आएका खानीको अनुगमन र नियमन गर्ने सम्बन्धित निकायकै निष्कृयताका कारण ढुंगाखानीको नियमन हुन सकेको छैन ।

विगतमा यहाँको सामुदायिक वनमा अवैधरूपमा खानी सञ्चालन भयो भनेर जिविसमा जानकारी गराएको जलजलाका खगेश्वर सुवेदीले बताएका छन  कुनै कारबाही भएन । ढुंगा निकाल्नेले वन सखाप पारे । अहिले गाउँपालिकाको पनि हालत उस्तै हो ।जोखिम अध्ययन गरेर अवैधरुपमा संचालित खानी उत्खनन रोक्नुपर्नेमा उनले जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group