ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई सबैप्रकारको सहयोग हुन्छ – तिब्बत सरकार प्रमुख छिटाला


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ५ : ५९   बजे

काठमाडौं, ७ असार । तिब्बत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत स्वायत्त सरकारका प्रमुख छिटालाबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

बेइजिङ भ्रमण पुरा गरी आज दिउसो ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओली र छिटालाबीच ल्हासास्थित तिब्बत इन्टरकन्टिनेन्टल होटलमा आधाघण्टा भेटवार्ता भएको थियो । भेटमा छिटालाले नेपालले लिएको एकचीन नीतिको प्रशंशा गर्नुभएको थियो । छिटालाले दुईपक्षीय सम्बन्धलाई अझ बढाउने धारणा समेत राख्नुभयो । बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत रहेर नेपाललाई सबैप्रकारको सहयोग गर्ने पनि उहांले बताउनुभयो ।

नेपालका कम्युनिष्ट पार्टीहरु एकता भएकोमा खुशी व्यक्त गर्दै उहांले नेपालको विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ट्रान्स हिमालयन कनेक्टिभिटी लाई दुवै देश मिलेर सफल बनाउनुपर्ने धारणा राख्दै उहांले सिन्धुपाल्चोक र मुस्ताङ नाकालाई व्यवस्थित बनाउन तिब्बत सरकार तयार रहेको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री केपी ओलीले चीन र तिब्बत सरकारले नेपालको विकास र समृद्धिका लागि सहयोगको हात बढाएकोमा धन्यवाद दिनुभएको थियो । ओलीले नेपाल र तिब्बतका जनताबीच सयौंवर्षदेखि सम्बन्ध रहेको स्मरण गर्दै जनस्तरको सम्बन्धलाई थप उचाईमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

सम्बन्धित

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

नाडा अटो शोमा टाटाको नयाँ ‘सिएरा डट ईभी’ सार्वजनिक, ६६५ किमिसम्म रेन्जको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu