ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितेरी पुल निर्माण हुने : नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी


एबीसी न्यूज
९ असार २०७५, शनिबार   ५ : ४३   बजे

काठमाडौँ,  ९ असार ।   चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् ।

‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु हर्षित भएका हुन् । भूकम्पपछि असुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गरी रसुवागढी नाका मात्रै सञ्चालनमा ल्याएको थियो ।

नेपाल र चीन जोड्ने छोटो र सहज नाका भएपनि लामो समयदेखि बन्द हुँदा सयाँै नागरिकको रोजगारी मात्रै नभई मुलुकका लागि ठूलो परिमाणको राजस्व समेत गुमेको थियो ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा बिहीबार तातोपानीको मितेरी पुल चीन सरकारले निर्माण गरिदिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गर्नुभएको छ । यस्तै, रसुवागढीको मितेरी पुल समेत चीन सरकारले नै निर्माण गरिदिने सम्झौता भएको छ ।

नाका खोल्ने उद्देश्यका साथ केही समय पहिलेदेखि नाका नजिकै रहेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम समेत शुरु भएको छ । नेपाल इन्टर मोडल यातायात समिति र चिनियाँ अधिकारीको सहमतिपछि लार्चा बन्दरगाहको काम शुरु भएको हो ।

आगामी एक वर्षभित्र उक्त सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नाका खुल्ने र मितेरी पुल समेत चीन सरकारले निर्माण गर्ने सम्झौताको स्वागत गर्नुहुँदै नेकपाका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद अग्निप्रसाद सापकोटाले लामो समयदेखिको आफूहरुको प्रयासले सार्थकता पाएको बताउनुभयो ।

“तातोपानी नाका खुलाउन पटक पटक भएका राजनीतिक, कुटनीतिक प्रयासले सफलता पाएको छ”, नेता सापकोटाले भन्नुभयो, “नाका खुलाउन प्रधानमन्त्रीले खेल्नुभएको भूमिका सकारात्मक छ । सिन्धुपाल्चोकवासीका तर्फबाट उहाँलाई विशेष धन्यवाद पनि छ ।”

उहाँले नाका बन्द हुँदा सयौँले रोजगारी गुमाएको, मुलुकले ठूलो परिमाणको राजस्व गुमाएको र नाका क्षेत्रका व्यापारी तथा व्यवसायी समेत पलायन भएको अवस्थामा अब भने सकारात्मक संकेत देखा परेको उल्लेख गर्नुभयो ।

नेता सापकोटाले अरनिको राजमार्गको विस्तार तथा मर्मत सम्भारमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री चीन जानुभन्दा अघिल्लो दिन अर्थात् असार ४ गते पनि नेता सापकोटा नेतृत्वको टोलीले नाका खुलाउन विशेष आग्रह गर्दै ध्यानकर्षण गराएको थियो ।

सिन्धुपाल्चोक जिल्लाका नेकपा नेता माधव सापकोटाले पनि नाका खुल्ने र मितेरी पुल निर्माण हुने सहमतिपछि जिल्लाभर नै खुसियाली छाएको प्रतिक्रिया दिनुभयो ।

चीनसँग भौगोलिक सुगमता भएको नाका लामो समयदेखि बन्द हुँदा त्यसबाट स्थानीय र राष्ट्रिय तहमा परेको समस्या समाधान हुने दिशामा गएको भन्दै उहाँले त्यसका लागि सकारात्मक पहल गरेकोमा प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्य समेत बधाईका पात्र भएको बताउनुभयो ।

तातोपानी नाका जोडिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पनि नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने विषयमा भएको सहमति स्वागतयोग्य रहेको जानकारी दिनुभयो ।

“नाका खुल्छ भन्दाभन्दै तीन वर्ष बित्यो, आज खुल्ला भोलि खुल्ला भनेर बस्नेहरु समेत निराश भएका थिए । अब भने आशा पलाएको छ” अध्यक्ष पौडेलले भन्नुभयो, “ भन्सार, अध्यागमन कार्यालयलाई थप व्यवस्थित बनाएर सरकारले तत्काल बाह्रबिसेमाथिको राजमार्ग मर्मतमा ध्यान दिनुपर्छ ।”

उहाँले राजमार्ग मर्मतमा समेत ध्यान नदिँदा स्थानीयलाई समेत समस्या परेको भन्दै नाका व्यवस्थित बनाउन गाउँपालिकाको तर्फबाट समेत सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नाका खुलाउन नेकपाका नेता अमृतकुमार बोहोरा, नेता सापकोटा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङलगायतले लामो समयदेखि पहल गर्दै आउनुभएको थियो ।

यस्तै, नेपाल र चीनबीच नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । सो सम्झौता पछि सामान तथा मालवस्तु आयात तथा निर्यातमा थप सहजता हुने देखिएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ पनि प्रधानमन्त्री ओली र सिन्धुपाल्चोकको राजनीतिक नेतृत्वले गरेको सकारात्मक पहल पछि तातोपानी नाका खुल्ने अवस्थामा पुगेकोमा खुशी व्यक्त गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “अब नाका खुल्छ, व्यापार तथा व्यवसायमा समेत थप सहजता आउँछ भन्ने लागेको छ । उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोक चीनमा भएको सहमतिको स्वागत गर्दछ ।”

नेपाल हिमालय सीमापार व्यवसायी संघले पनि नाका खुल्ने विषयमा जानकारी पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिएको छ । नाका खुल्नुभन्दा पहिल्यै राजमार्गको मर्मत सम्भार तथा अन्य अत्यावश्यकीय काम गर्नुपर्नेमा जोड दिइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group