ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा र स्वास्थ्यको विकास गरे मात्रै देश समृद्ध हुन्छ : मन्त्री यादव


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ६ : १६   बजे

 भक्तपुर, १७ असार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताउनुभएको छ ।

आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “राम्रो शिक्षा पाए रोजगारको समस्या समाधान हुन्छ, सबै उपचार हुने राम्रा अस्पताल बने जनता निरोगी हुन्छन्, त्यसले सबै विकासलाई सहयोग पु¥याउँछ ।

पैसा नभएकै कारण कुनै पनि जनता उपचारबाट वञ्चित हुँदै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्न नहुने बताउँदै उहाँले यस्तो अवस्था आए राज्य आफैँ असफल हुने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले लामो समयदेखि राज्यको ध्यान राम्रो विद्यालय बनाउने र राम्रा अस्पताल बनाउनेतर्फ नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “लामो समयदेखि राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन, ध्यान दिएको क्षेत्र पनि गतिलो छैन, आज जनतालाई शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गराउनुपर्छ ।”

उहाँले अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्नुपर्नेमा जोड दिँदै केही महिनाभित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरका चारैवटा नगरपालिका र यहाँका जनप्रतिनिधिहरुले तत्काल भक्तपुर अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक सहयोग गर्छौं भन्दा पनि अस्पतालले सञ्चालन नगरेकामा असन्तुष्टी व्यक्त गर्नुभयो ।

भक्तपुर अस्पतालका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले यस अस्पतालमा वार्षिक चार करोडभन्दा बढी आन्तरिक आय हुने बताउँदै उहाँले आयव्यय विवरण सार्वजनिक नगर्ने र पारदर्शी नहुँदा समस्या आएको बताउनुभयो ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको आशा र विश्वास सरकारी अस्पतालमा हुनुपर्नेमा जोड दिँदै बिरामी सरकारी अस्पताल छाडेर निजीमा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारी अस्पतालबाट गुणस्तरीय सेवा पाएर जनता खुशी हुने दिन आउनुपर्ने बताउनुभयो ।

अस्पतालकी सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले विसं १९६१ असार १७ गते स्थापना भएको यो अस्पताल हाल बिरामी अन्यत्र पठाउने केन्द्रका रुपमा परिणत भएको बताउँदै अस्पतालमा आइसियु सञ्चालन गर्न दरबन्दी नभएकाले नसकिएको भनाइ राख्नुभयो ।

अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले विगतका तुलनामा अस्पतालले उपचारमा धेरै सुधार ल्याएको र बिरामीको संख्यासमेत बढ्दै गएको बताउँदै सबै मिलेर अस्पतालको विकास गर्नुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले आजैबाट अस्पतालले सञ्चालनमा ल्याएको तीन श्ययाको ‘हाईकेयर युनिट’को उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu