तंनहु, १९ असार । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुंदाहुंदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् ।
उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।
सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताउनुभयो । वर्षाका कारण जमीन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।
खोलाले बगाएर मृत्यु
शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दी खोलाले सोमबार साँझ बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्
प्रतिक्रिया दिनुहोस्