ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँमा


admin
२० असार २०७५, बुधबार   ८ : ४३   बजे

काठमाडौँ, २० असार । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ ।

त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ ।

बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu