ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाङ याङको भ्रमण छोटो तर महत्वपूर्ण


admin
१ भदौ २०७४, बिहिबार   १२ : २३   बजे

काठमाडौं, १ भदौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् । सोमबारबाट सुरु भएको वाङ याङ नेतृत्वको उच्चस्तरीय भ्रणम बिहिबार सकिएको हो । पाकिस्ताको स्वतन्त्रता दिवस मनाएर फर्किने क्रममा नेपाल छिरेका उपप्रधानमन्त्री याङको उच्चस्तरीय भ्रमण टोली र नेपाली पक्षबीच ताल्कालिक र दीर्घकालिन प्रभावका तीन विषयमा सम्झौता भएको छ ।

व्यस्त रुटमा भ्रमण नेपाल छिरेका चिनियाँ उपप्रधानमन्त्री वाङ यङले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र शीर्ष राजनीतिक दलका नेतासँग समेत भेटवार्ता गरेका छन् । राजनीतिक भ्रमणहरुमा हुने राजनीतिक भेटवार्ता औपचारिकता मात्र होइन । यस्ता भेटमा महत्वपूर्ण विषयमा छलफल समेत हुने गरेको छ । यो अर्थमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण र भेटवार्ता महत्वपूर्ण छ ।

पाकिस्तानको स्वतन्त्रता दिवस मनाएर फर्कने क्रममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ विशेष विमानबाट भारतीय भूमी प्रयोग गरेर सोमबार साझ काठमाडौंमा ओर्लिए । उपप्रधानमन्त्री याङ २१ सदस्सीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन । टोलीमा चीनको राज्य परिषद्का उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री याङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तराष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा लयायत सहभागी छन् ।

चार दिने नेपाल बसाइको क्रममा चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्री, पुर्व प्रधानमत्री, शीर्ष दलका प्रमुख र नीति क्षेत्रका प्रतिनिधीसंग भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री याङ सोमबार साँझ विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका थिए । उपप्रधानमन्त्री याङले मंगलबार विहान बसन्तपुर दरबार क्षेत्रमा भूकम्पले ध्वस्त बनाएको ९ तले दरबारको पुनर्निर्माण शिलान्यास गरे । दरबार पुनर्निर्माणका लागि चीन सरकारले १५ करोड रुपैयाँ सहयोग गर्ने यसअघि नै सम्झौता भइसको छ ।

उपप्रधानमन्त्री याङ नेतृत्वको टोलीले मंगलबार नेपालका समकक्षी विजयकुमार गच्छदारसँग होटल सोल्टीमा भेटवार्ता गरे । भेटवार्तापछि उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कृष्णबहादुर महरा र चिनियाँ उपप्रधामन्त्री याङको उपस्थितिमा ३ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।

चिनियाँ उपप्रधानमन्त्री याङले मंगलबार दिउँसो ३ बजे पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटवार्तामा दुई देश र दुई पार्टीबीचको सम्बन्धका विविध आयामका विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री याङले दुई पार्टीबीचको सम्बन्ध बिस्तारको कामलाई निरन्तर अघि बढाउँदै लैजाने प्रतिवद्धता जनाएको माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डलाई भेटे लगत्तै वाङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे । ओलीसँगको भेटवार्तामा याङले विगतका सम्झौता कान्र्यायन गरिने बताएका थिए । यसरी याङले मंगबार भेटवार्ता र सम्झौता गर्नमै बिताए । बुधबार बिहान उपप्रधानमन्त्री याङ किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन पुगेका थिए । उनलाई स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वागत गरेका थिए । उपप्रधानमन्त्री वाङले नेपालको परम्परागत आयुर्वेदिक पद्धतीमा आफू विश्वस्त रहेको भन्दै थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । अवलोकनपछि वाङले नेपालका उद्योग–व्यावसायीसँग नेपालमा लगानीको सम्भावनाबारे छलफल गरे ।

भेटवार्तामा चिनियाँ पक्षबाट नेपालमा हुने सहयोग र लगानीले दुबै देशले फाइदा लिन सक्ने विषयमा छलफल भएको थियो । उद्योग–व्यावसायीको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र वाङबीच भेटवार्ता भयो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ । भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रधानमन्त्रीले बताएका थिए । जवाफमा चिनियाँ उपप्रधानमन्त्री याङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने बताए । याङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री देउवालाई चीन भ्रमणका लागि पठाएको निम्तो समेत हस्तान्तरण गरे । त्यसैगरी याङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँगको भेटवार्तापछि याङ चिनियाँ दूतवासले आयोजना गरेको कार्यक्रममा सहभगि भएका थिए । उपप्रधनमन्त्री वाङ याङको नेपाल भ्रमणबाट दुई देशको सम्बन्ध झनै मबजुत हुने अपेक्ष गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group