ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   १ : ४६   बजे

झापा, २१ असार । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ ।

आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको हो ।

सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सहकारीको आर्थिक वर्ष २०७४÷७५ मा रु ७२ लाख सात हजार खर्च भएको छ । दुईवटा आयुर्वेद औषधालयसहित ३३ वटा अस्पतालबाट सहकारीले उक्त सेवा प्रदान गर्दै आएको छ ।

सहकारीका शेयर सदस्य बिरामी परे शल्यक्रिया, एनएसथेसिया पोष्टअप÷एचडियू, आइसियु÷एनआइसियूसम्मको खर्च सहकारीले व्यहोर्ने गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

फेमली हेल्थ नेपालको प्राविधिक सहयोगमा सहकारीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमबाट प्रदेश नं १ का सहाराका सम्पूर्ण शेयर सदस्य लाभान्वित भएका छन् । सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।
सहकारीमा एक लाख ३० हजार ८०१ शेयर सदस्य छन् । संस्थाको कूल सम्पति दायित्व रु छ अर्ब ७९ करोड ३९ लाख २१ हजार रहेको सहकारीका अध्यक्ष सञ्जेलले बताउनुभयो । सहकारीले सञ्जीवनी कार्यक्रमसमेत सञ्चालन गर्दैआएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यलाई रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत छुट दिँदै आएको छ । यस वर्षबाट थाइराइडको समेत औषधि उपलब्ध गराउँछौँ, गिरीले भन्नुभयो । आगामी दिनमा संस्थाले १० वटा जटिल रोगको औषधिमा सहयोग पु¥याउने लक्ष्य राखेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu