ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ वर्षदेखि काम : तलब ३५ सय, २६ वर्षदेखि काम : तलब ५ हजार !


admin
२१ असार २०७५, बिहिबार   ३ : ३४   बजे
काठमाडौं, २१ असार । विमान बंगलादेश एयरलाइन्सले विगत नौवर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।
देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो । उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्, ‘९ वर्ष भयो काम मैले गरेको । २ हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरु केहि छैन । दशैंमा पनि केहि दिंदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ ।’
श्रमिकमाथि एयरलाईन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल शुरु भएपछि उक्त विषय बाहिर आएको हो ।
हड्तालमा उत्रेकी थापाले भनिन्, ‘हाम्रो माग भनेको दुःख गरेअनुसार दुःखको फल मिलोस् भन्ने हो । आश गरेर कति दिन बाँच्ने । लिखित, मौखिकरुपमा पटक पटक भन्दा पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।’

उनीमात्र होईन, विगत २६ वर्षदेखि सोहि एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार तलब बुझ्छन् । उनी भन्छन्, ‘हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । २ वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ । हामी त हेरेको हेर्‍यै ।’ उनले गहभरी आँसु पार्दै भने, ‘हुन्छ क्यारे भन्ने आशमा आमाले दूध नखुवाएपछि बच्चा रुन्छ तर रोएपनि हामीले सुख पाएनौं । २६ वर्ष बढी भयो काम गरेको तर खाना नपुगेर हड्तालमा उत्रिन बाध्य भयौं ।’

उनलाई दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैंया दिन्छु भनेर राखेपनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको छ । उनले दुखेसो गर्दै भने, ‘दिनहुँ २ घण्टा काम गरेबापत २ सय रुपैंया दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु । एकैचोटी ३२ लाख रुपैंया सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो ब्यथा आफैंसँग छ ।’

उनलाई तलब दिंदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए । एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भईरहेको बताए ।

श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरुको नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए ।

त्यस्तै श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा पनि नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताए ।
सरकारले दिएको न्यूनत्तम सेवा सुबिधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पुरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिएका छन् ।
कर्मचारीको आन्दोलनबारे विमान बंगलादेश एयरलाइन्ससँग सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu