ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्र प्रमुख किन नेपाल आउँदैनन् ?


admin
१ भदौ २०७४, बिहिबार   १ : १६   बजे

काठमाडौं, १ भदौं । चीन नेपालको उत्तरी छिमेकी । उत्तरमा नेपाल र चीनको सिमा जोडिन्छ । त्यसैले चीन नेपालका लागि भारत जतिकै महत्वको छिमेकी हो । नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ । नेपालका लागि चीन छिमेकी राष्ट्र मात्र नभएर हरेक दृष्टिकोणले प्रथामिकतामा पर्छ ।

विश्व शक्ति चीनबाट नेपालले आर्थिक विकासका लागि धेरै सहयोग लिन सक्छ । त्यसैले नेपालका लागि चीन प्रथामिकताको राष्ट्र हो । चीनले समेत नेपाललाई आफु अनुकुल प्रथामिकतामा राख्ने प्रयत्न गर्छ । सामरिक महत्वयको देश नेपालसँग सम्बन्ध राम्रो बनाउँदा चीनलाई वेफाइदा छैन । त्यसैले बेला–बेला चिनियाँ राष्ट्र प्रमुख तथा उच्चपदस्थ नेपाल भ्रमणमा आउने गरेका छन् । तुलनात्मक रुपमा नेपालका राष्ट्र प्रमुख र उच्चपदस्तले नै चीनको बढी भ्रमण गर्ने गरेका छन् । यसले, नेपाल र चीनबीच राजनीतिक रुपमा समेत बलियो सम्बन्ध रहेको प्रष्ट हुन्छ ।

नेपालका राष्ट्र प्रमुखले चीनको भ्रमण गर्नुमा नेपाली स्वार्थ बढी हुनसक्छ । र, चीनका राष्ट्र प्रमुख वा उच्चपदस्तले नेपालको भ्रमण गर्नुमा पनि चिनियाँ पक्षको विषेश स्वार्थ हुनसक्छ । तर, चिनियाँ उच्चपदस्तले नेपालको भ्रमण गर्दा नेपालका लागि बढी फाइदा हुन्छ ।

दुई देशका राष्ट्र प्रमुखहरुको भ्रमणमा हुने सम्झौताहरुले दुबै देशलाई फाइदा पुग्ने गरेको छ । त्यति मात्र होइन ठूला र शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखले साना र विकासोन्खुम मुलुकको भ्रमण गर्नाले विश्वमा सकारात्मक सन्देश जान्छ । त्यसैले विश्व शक्ति राष्ट्र चीनका राष्ट्र प्रमुखले नेपालको भ्रमरण गरुन भन्ने नेपाली पक्षले अपेक्षा गर्नु स्वभाविक हो । नेपालमा छोटो–छोटो समयमै प्रधानमन्त्री परिवर्तन हुन्छन् । र, सबै प्रधानन्त्रीले चीनको भ्रमण गर्ने गरेका छन् । तर, चिनियाँ राष्ट्र प्रमुख तथा उच्चपदस्तबाट नेपालको भ्रमण कमै मात्र भएको छ ।

झो रोङजी

डेढ दशकमा दुई उच्चस्तरीय भ्रमण
नेपालमा पछिल्लो पटक सन २००१ मा तत्कालिन चिनियाँ प्रधानमन्त्री झो रोङजीले नेपालको भ्रमण गरेका थिए । त्यो समयका प्रधनमन्त्री झो रोङजीले नेपाल भ्रमणका क्रममा नेपालमा शान्ति स्थापना आवश्यक रहेको बताएका थिए । संकटकालको समयमा नेपाल आएका झो रोङजीले नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थी, चीनको एक चीन नीति लगायका विषयमा नेपाली पक्षसँग छलफल गरेका थिए । तर, झो रोङजीको भ्रमणपछि एक दशक चिनियाँ उच्चपदस्तले नेपाली भूमी टेकेनन् ।

 

वेन जियाबाओ

२००१ मा प्रधनमन्त्री झो रोङजीले नेपाल भ्रमण गरेको ११ वर्षपछि सन २०१२ मा तत्कालिन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए । वेन जियाबाओले नेपालकै लागि मात्र भ्रमण तालिका बनाएका भने होइनन् । अरु देशको भ्रमणमा निस्कदा उनले नेपालमा पनि चार घण्टा विताएका थिए । प्रधनमन्त्री वेन जियाबाओको भ्रमणको समय माओवादी लडाकुको व्यवस्थापनका लागि चीनले नेपाललाई २० मिलियन डलर अनुदान दिने सम्झौता भएको थियो । वेन जियाबाओले नेपाल भ्रमण गरेपछि धेरै पटक चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण गर्ने भनिएको थियो । धेरै पहलहरु समेत भएका थिए ।

केपी ओली प्रधानमन्त्री रहेको बेला चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो । त्यो चर्चा प्रचण्ड प्रधानमन्त्री रहेको बेला पनि चलेको थियो । तर, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको योजना नै खारेजिमा पर्‍यो । यो अर्थमा चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण गर्ने भनिएता पनि सन २०१२ पछि उच्चपदस्तको नेपाल भ्रमण हुन सकेको थिए । उद्यपि, अन्य भ्रमणहरु भने चलिनै रहेको थियो । भूकम्पपछि काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी नेपाल आएका थिए । तर, चिनियाँ प्रधानमन्त्री वा उपप्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको पाँच वर्ष वितिसकेको थियो ।

पाँच वर्ष पछि भने फेरी चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरेका छन् । तर, नेपालमा चिनियाँ पक्षका उच्चस्तरीय भ्रमण पातलो छ । चिनियाँ पक्षका लागि नेपाल सबै विषयमा प्राथामिकतामा नपर्न सक्छ । त्यसैले पनि चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण आवश्यक नठानेको हुनसक्छ । तर, चीन अध्ययन केन्द्रका महासचिव प्राध्यापक डाक्टर उपेन्द्र गौतम भने नेपाली पक्षबाट पहल नहुँदा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमण हन नसकेको बताउँछन् ।

वाङ याङले नेपाल भ्रमण गर्नुको अर्थ
विश्व शक्ति राष्ट्र चीनले वान बेल्ट वान रोड (ओबीआर)को महत्वकांक्षी योजना अघि सारेको छ । चीनको ओबीआर योजना नेपालले सहभागीता जानाउने यस अघि नै सम्झौता भइसकेको छ । प्रचण्ड प्रधानमन्त्री भएको बेला ओबीआरमा हस्ताक्षर भएको छ । यतिबेला चीनको मुख्य प्राथामिकता ओबीर सम्पन्न गर्नु पनि हो । ओबीर योजना सफल पार्न चीन कृयाशील छ । त्यसैले पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरेका हुनसक्छ । त्यति मात्र होइन, चीनको उच्चस्तरीय टोलीले रणनीतिक महत्वको समयमा नेपालको भ्रमण गरेका छन् ।

यतिखेर चीन र भारतीबच सिमा विवाद चुलिएको छ । चीन र भुटानको सिमा क्षेत्र दोक्लमको विवादले चीन र भारतबीच तनाव बढेको छ । यत्ति नै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण तय गरेका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा नेपालले दोक्लमबारे तटस्थता कामय राखोस भन्ने चाहनाले पनि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हुनसक्ने चीन जानकारहरु बताउँछन् । तर, चीन अध्ययन केन्द्रका महासचिव गौतम भने नेपालसँगको सम्बन्धन निरन्तरता ल्याउन उपप्रधानमन्त्रीले नेपालको भ्रमण गरेको बताउँछन् ।

राजनीतिक रुपमा सबै देशका आ–आफ्नै नीति र स्वार्थहरु हुनसक्छन् । त्यही नीति र स्वार्थ अनुसार राष्ट्र प्रमुहरुले विभिन्न देशको भ्रमण गर्ने गरेका छन् । यही आधारमा भन्ने हो भने चीनले नेपाली पक्षसँग खासै ठूलो राजनीतिक अपेक्षा गर्दैन । तर, खास विशेष परिस्थितिमा नेपालसँग पनि चीनले विषेश अपेक्षा राख्छ । त्यसैले चीनले नेपालमा विशेष परिस्थितिमा मात्र भ्रमण गर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group