ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध सेवन नियन्त्रण हुन नसक्दां चिन्ता


एबीसी न्यूज
२२ असार २०७५, शुक्रबार   १२ : ०८   बजे

नेपालगन्ज, २२ असार । बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ ।

सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुव्र्यसनीका लागि विभिन्न संघसंस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ । यति हुँदा पनि यस जिल्लामा लागूऔषध कारोबार र सेवनकर्ताको संख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी नै बताउँछन् ।

“बाँके जिल्लामा लागूऔषध सेवन र कारोबार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन”– बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ ।

चालू आवको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेले २२९ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण भएपनि केही महत्वपूर्ण सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ बताउनुहुन्छ ।

नेपालगन्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनाको पुनःस्थापना गरिसकेको हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागूऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu