ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि क्षेत्रको दिगो विकास गर्दै चितवनलाई आत्मनिर्भर बनाउ छु – नगरप्रमुख दाहाल


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ९ : ४४   बजे


चितवन, २२ असार  । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यक्रम चितवनमा प्रभावकारी देखिएको छ । परियोजना कार्यान्वयन इकाई तरकारीको पकेट क्षेत्र पार्वतीपुर चितवनले सोमबार एक कार्यक्रमबीच तरकारी पकेट क्षेत्रका कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

कार्यक्रममा १० जना कृषकलाई मिनी टिलर, ७३ जनालाई अन्य उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत भलकनाथ कँडेलले जानकारी दिनुभयो ।
अनुदानमा पावर टिलर पेरे मेसिन, तौल मेसिन तथा औषधि छर्ने स्प्रे मेसिन वितरण गरिएको थियो । मिनी टिलरलाई ५० प्रतिशत अनुदान दिइएको छ ।

कष्टम हायरिङका उपकरणहरु तथा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले कृषि उत्पादकत्व वृद्धि गर्दै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले आफ्ना गतिविधि बढाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

“अहिले तरकारी जोनमात्र छ” उहाँले भन्नुभयो, “यसलाई आफूलाई सुपर जोनको रूपमा विकास गर्न आवश्यक छ । आयोजनाले यस क्षेत्रको आवश्यकताको आधारमा बृहत् योजना संचालन गर्दै जानुपर्छ ।”
मेयर दाहालले कृषकलाई मेसिनको अधिकतम उपयोग गरी उत्पादकत्व दोब्बर बनाउन सुझाव दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रको दिगो विकास गर्ने नीति लिई अघि बढेको जानकारी दिनुभयो ।

उहाँले तरकारी, फलफूल, माछा, कुखुरा र अन्न उत्पादन गरी देशलाई नै आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । परम्परागत र निर्वाहमुखी परिपाटीलाई छोडी आधुनिक प्रणालीमा आउन अनुदान तथा मेसिनरीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

बरिष्ठ कृषि अधिकृत सुधिर श्रेष्ठले अनुदान प्राप्त गर्ने किसानहरूलाई उच्चतम प्रतिफल हासिल गर्न आग्रह गर्नुभयो । समितिका सदस्य तथा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले कार्यक्रमले कृषि उत्पादन वृद्धिमा ठुलो सहयोग पु¥याउने धारणा राख्नुभयो । कार्यक्रम परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुकी संयोजक बालिका गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu