काठमाडौं,२३ असार । रौतहटको कटहरीया न पा वडा नं ३ का छविलाल शाहले आफ्ना २० बर्षिय छोरी रिंकु कुमारी शाहको बिहे ३ बर्ष अघि दुर्गा भगवती गाउँ पालिका वडा नं ४ पचरुखी टोलका जियालाल शाहको छोरा वालबोध संग गरि दिएका थिए ।
त्यसपछि रिंकुलाई विभिन्न यातना दिदै आएका थिए । रिंकुका श्रीमान् लगायतका ब्यक्तिहरुले १३ दिन पहिला रिंकुलाई हत्या गरी बोरामा बाधी झाझनदीको किनारामा खाल्डो खनेर गाडेको थियो ।
बिशेष सुराकीको आधारमा प्रहरीले शबलाई बरामद गरी जिल्ला अस्पताल मा राखिएको छ । घटनामा संलग्न रही फरार भएकाहरुलाई खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताएका छन।
प्रतिक्रिया दिनुहोस्