ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमैत्री नीति ल्याउन सञ्चारकर्मीको आग्रह


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ५ : २१   बजे

विराटनगर, २३ असार । नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित “सञ्चार नीति र कानून” विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउन लागेकाले सो विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोजिए त्यसप्रति सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतमले प्रेसलाई संकूचित पार्ने गरी प्रदेश सरकारले कानून बनाउन लागेको बताउँदै यसप्रति सबैले चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्र र सामाजिक सञ्जालप्रति राजनीतिक पक्षको दृष्टिकोण नकारात्मक रहेकाले कठोर कानून बन्नसक्ने सम्भावना रहेको छ भन्नुभयो ।

महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदित, पत्रकारद्वय गणेश लम्साल र धु्रव भट्टराईले नयाँ सञ्चार नीतिको विरुद्धमा पत्रकारलाई एकजुट हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu