ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुराना मठमन्दिर संरक्षण गर्नु सबैको दायित्वः नेता नेपाल


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ७ : ०२   बजे

बनेपा, २४  असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पुरातात्विक महत्वका पुराना मठमन्दिरको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ ।

उग्रचण्डी नाला समाज काठमाडौँले यहाँ आयोजना गरेकोे उग्रचण्डी भगवती मन्दिरलाई सोलार बत्ती तथा सिसी क्यामेरा हस्तान्तरण कार्यक्रममा उहाँले नालामा रहेको उग्रचण्डी भगवतीको मन्दिर ४०० वर्ष पुरानो ऐतिहासिक महत्वको भएको हुँदा नालाबासिन्दा गौरवान्वित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा १०० वर्ष मात्रै पुराना मठमन्दिर पुरातात्विक हुने गर्छ तर यहाँ हाम्रो देशमा सयौँ वर्षको इतिहास बोकेका मठमन्दिर संरक्षणको अभावमा नै रहेकाले त्यसको अब संरक्षण र संबद्र्धन गर्न सबै मिली लाग्न जरुरी छ ।”

पूर्वप्रधानमन्त्री नेपालले नाला पुरानो शहर भएकाले पहिचानलाई जोगाएर राख्न पुरानै शैलीमा पुनःनिर्माण गर्न सुझाव दिनुभयो । “नालाको प्राचीनतालाई जोगाएर राख्न जनप्रतिनिधि र स्थानीय सबै एक भएर लाग्नका लागि आग्रह गर्न चाहन्छु कि यसले नै यहाँको पर्यटकीय विकासमा अरु महत्व राखोस् ।”

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नाला क्षेत्र प्राचीन सम्पत्ति भएकाले त्यसलाई थप व्यवस्थित गरेर अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरभित्रका कला, मठमन्दिर र कलात्मक वस्तुको संरक्षणमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उग्रचण्डी नाला समाज, काठमाडौँको आयोजना तथा नेपाल राष्ट्र बैंकको समन्वय र एनआइसी एशिया बैंकको आर्थिक सहयोगमा उग्रचण्डी भगवती मन्दिरमा छवटा सिसी क्यामेरा र छवटा सोलार प्यानल गरी रु आठ लाख बराबरको सामग्री हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group