ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीखेतीमा आधुनिक प्रविधिको प्रयोग


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ४ : ०२   बजे

ललितपुर, २४ असार । एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ ।

तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।

तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो ।

ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उहाँले भन्नुभयो “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।”

एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ ।

अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् ।

तरकारीखेतीमा यो एक दशकमा उत्पादन र प्रविधिको प्रयोगका हिसाबले ठूलो फड्को मारेको उहाँको भनाइ थियो ।

देशभित्रै तरकारीको माग र उत्पादन दुवै बढिरहेको छ । एक दशक पहिलेसम्म ग्रामीण भेगमा काउलीको तरकारी खानका लागि दशैँ कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अधिकृत जोशीले भन्नुभयो, “अन्नसँग तरकारी साट्ने चलन दुर्गम जिल्लामा पाइन्थ्यो तर अहिले यस्तो अवस्था छैन ।”

लसुन र प्याजबाहेक अधिकांश तरकारीमा देशभित्रैको उत्पादनले धान्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu