ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पा ठुलीभेरी नगरको बजेट २८ करोड ९१ लाख


एबीसी न्यूज
२७ असार २०७५, बुधबार   ९ : २०   बजे

डोल्पा(जुफाल),२७ असार । हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाको बजेट २८ करोड ९१ लख ८५ हजार बजेट प्रस्ताब गरिएको छ ।
हाम्रो लगानी कृषि,पर्यटन,उद्योग,ब्यापार बातारवरण र पुर्वाधार, ठुलीभेरी नगरपालिकाको समृद्धिको मुल आधार भन्ने नाराका साथ ठुलीभेरी नगरपालिका जुफालको दोश्रो नगरसभाले सो रकमको बजेट प्रस्ताब गरेको हो ।
नगरसभाले आन्तरिक सडक बिस्तार र ब्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक बर्ष ०७५÷०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले आर्थिक वर्ष ०७५÷०७६ को लागि चालु र पुँजिगत तर्फ गरेर २८ करोड ९१ लख ८५ हजार बराबरको प्रस्ताबित बजेट प्रस्तुत गरेका हुन् ।
दोश्रो नगरसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा आर्थिक बर्ष ०७५÷०७६ कृर्षि क्षेत्रमा समृद्धीको इतिहास रच्ने आधार वर्षको रुपमाहुने बताउदै एक घर एक फलफुल बगैचा अभियानको थालनी गरिने बताइएको छ ।

नगरभित्रका प्रत्येक युवालाई कृर्षि तर्फ आर्कषित गराउन सहुलियत रिणको ब्यवस्था,कृषकको सुरक्षाको लागि पशुसेवा बिमा,फलफुल कृषक बिमाको ब्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

शहरी विकास तथा भोतिक पुर्वाधार नीति अन्तरगत पहिलो प्राथमिकतामा आन्तरिक सडकको बिस्तार तथा स्तरउन्नती र सबै वडालाई सडक सन्जालले जोडिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसै गरि उच्च शिक्षा हासिल गरेका युवाहरुलाई कम्तिमा एक वर्ष बिद्यालयमा पढाउन प्रोतसाहन गर्न डोल्पा शिक्षा फेलोशिप शुरु गरिने, प्राबिधिक, पर्यटन शिक्षा सहितको नमुना स्थानीय पाठ्यक्रम तयार गरिने नगरभित्र प्याराफिट सहितको जिल्लास्तरीय खेलकुद मैदान निमार्ण नगरको प्राथमिकतामा राखिएको छ ।

हिमाली मृगहरुको दृश्य अवलोकन सहितको जुफाल माझफाल पोकेपानी साईक्वारी सिस्ने हिमाल र हिम्चुलीको फेदी हुदै रुपपाटन बाटुल्ले पाटन ठाँगे दुनै सम्म, दुनै त्रिपुराकोट सम्म भेरीनदिमा र्याफ्टिङ्ग सेवा सहितको पर्यटकीय मार्गको बिकासलाई अगाडि बढाइने बताइएको छ ।

यसै गरि नगरभित्रका संचारमाध्यलाई प्रोत्साहनको लागि क्षमता अभिबृद्धि गरिनुका साथै नगरको सबै वडामा इन्टरनेट सहितको टेलिफोन सेवाको ब्यवस्था गरिने र नगरका जिल्लाम उलेख्यनिय काम गर्ने पत्रकारलाई ठुलीभेरी पत्रकारिता पुरस्कार प्रदान गरिने कार्यक्रम नीति तथा कार्यक्रममले समेटेको छ ।

ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीको अध्यक्षतामा भएको बजेट नीति तथा कार्यक्रम घोषणा सभामा जिल्ला समन्वय समितिका सदस्य प्रेमलाल बिक त्रिपुरासुन्दरी नगरपालिकाका जनक केसी नेकपाका नैनप्रसाद पहाडी नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य शुवर्णबहादुर शाही लगायतका अतिथिहरुले नगर केन्द्र बिवादले गर्दा ढिलै भएपनि प्रस्तुत बजेट नीति तथा कार्यक्रम राम्रो सबैलाई समेटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu