ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली अन्तःशुल्कको स्टिकर प्रकरण : ८ जनाहरुलाई एक बर्ष कैद र ५४ करोड जरिवाना


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ४ : २२   बजे

बीरगंज, ३० असार । नक्कली अन्तःशुल्कको स्टिकर प्रकरणमा पुर्पक्षमा रहेका ४ जना ४ जना फरार रहेका सहित ८ जनाहरुलाई आन्तरिक राजश्व कार्यालय पर्साले ५४ करोड रुपैया भन्दा बढी जरिवाना तोकेको छ ।
आन्तरिक राजश्व कार्यालय पर्साले मदिराहरुको बोतलमा प्रयोग गर्ने स्टिकरहरु नक्कली छपाई ओसार पसार गर्ने ८ जनालाई करिव १ बर्ष सम्म अनुसंधानपछि कार्यालयले उनिहरुलाई दोषी ठहरगर्दै एक बर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९ सय २८ रुपैया जरिवाना तोकेको हो ।

मदिराको बोतलमा नेपाल सरकारले लगाउने गरेको अन्तःशुल्कको स्टिकर नक्कली भारतबाट छपाई बीरगंज भन्सारबाट अन्य सामान भनी जाँचपास गराउने क्रममा आन्तरिक राजश्व कार्यालय पर्साले उनिहरुलाई पक्राउ गरेको थियो । नक्ककली स्टिकर प्रकरणमा १३ जना अभियुक्तहरु मध्ये आठ जनालाई मात्र दोषी ठहर गर्दै उनिहरुलाई बिहिवार आन्तरिक राजश्व कार्यालयल पर्सामै कार्यालयका प्रमुख गोपी कोईरालालले फैसला सुनाएका थिए ।

उक्त नक्कली स्टिकर प्रकरणमा पक्राउ परी पुर्पक्षमा रहेका मोरङ जिल्ला बिराटनगर महानगरपालिका १ का हरिओम ट्रेडिङ प्रा.ली. का संचालक बर्ष ५० का कुल प्रसाद भण्डारी, मोरङ जिल्ला बिराटनगर ११ मधुमारा बस्ने बर्ष ५४ का प्रकाश घिमिरे, धादिङ जिल्ला धुनिवेशी गाउपालिका ३ ठेगाना भै हाल काठमाण्डौ महानगरपालिका बुढानिलकण्ठ बस्ने बर्ष ५० का राजकुमार भण्डारी र भारतको पुर्वी चम्पारण रक्शौल २० घर भएका बर्ष ४९ का वीरेन्द्र कुमार महतो सहित चार जनालाई दोषी ठहर आन्तरिक राजश्व कार्यालयले गरेको छ ।

सो स्टिकर प्रकरणमा संलग्न रहेका हेटौडा उमनपा १ पदमपोखरी का त्रिमुर्ती क्लियरिङ एजेन्सीका प्रतिनिधी भन्सार एजेन्ट बर्ष ४४ का अशोक कुमार श्रेष्ठ, कैलाली जिल्ला गोदावरी नगरपालिका १ स्थाई ठेगाना भै काठमाण्डौ बस्ने बर्ष २१ का सुगम सापकोटा, काठमाण्डौ गोकर्णेश्वर १५ बस्ने राधेश्याम पौडेल, कैलाली दोदोधरा ८ बस्ने प्रकाश सापकोटा र काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ बस्ने पुष्करनाथ दवाडी सहित ५ जनालाई आन्तरिक राजश्व कार्यालयले निर्दोष रहेको भन्दै सफाई दिएको छ ।

त्यसैगरी नक्कली अन्तःशुल्कको टिकट स्टिकर प्रकरणका मुख्य योजनाकार र त्यस कार्यमा संलग्न रहेका भारतिय ट्रान्सपोटर भारतको हरियाणा घर भै हाल काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने हिमालयन कार्गोका प्रोपाईटर मधु कुमारी चौधरीका पती बर्ष ५२ का विनोद कुमार गुप्ता, बारा बारा जिल्ला कलैया नगरपालिका ६ घर भै काठमाण्डौ कुलेश्वर बस्ने भारतिय हिमालयन कार्गेका प्रोपराईटर बर्ष ४९ को मधु कुमारी चौधरी, हिमालयन कार्गोका प्रोपाईटर मधु कुमारी चौधरी पती विनोद कुमार गुप्ताका छेरा राहुल गुप्ता र भारत हरियाणा भर भै काठमाण्डौ १४ कुलेश्वर बस्ने बिनोद गुप्ताका भाई भारतिय ट्रान्सपोर्टर भारतमा दर्ता रहेको सनसाईन कार्गोका मालिक सतिष गुप्ता अहिले फरार रहेपनी उनिहरु समेतलाई दोषी ठहर भएकालाई अन्तःशुल्क ऐन २०५८ को दफा (१) को खण्ड (घ) बमोजिम जनही ३ करोड ३९ लाख ३५ हजार ५८ रुपैया बिगो र विगो बराबरको जरिवाना र १ बर्ष कैद तोकिएको प्रमुख कोईराला बताउछन । बिगो र विगो बराबरको जरिवाना गर्दा एक ब्यक्तीले जनही ६ करोड ७८ लाख ७० हजार १ सय १६ रुपैया जरिवाना र एक एक बर्ष कैद सजाय रहेको कार्यालयका प्रमुख गोपी कोईरालाले जनाएका छन । उनीहरुले उक्त जरिवाना बराबरको रकम भर्न नसके १० बर्ष कैद सजाय भोग्नु पर्ने नेपाल सरकारको नियममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group