ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापालाई प्रश्न : स्वास्थ्यमन्त्री हुँदा गलत डा. केसीको माग अहिले कसरी भयो सही ?


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ६ : ५०   बजे


काठमाडौं,३० असार । स्वास्थ्यमन्त्रीको कुर्सीमा रहदा कांग्रेस नेता गगन थापाले डा. गोबिन्द केसीको माग नाजायज रहेको ठोकुवा   गर्नुभयो । आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई समेत केसी गलत रहेको र केही बिदेसी मेडिकल माफियाको उक्साहटमा रहेको निश्कर्ष सुनाउनु भयो । कोर बैठकमा तात्कालिन प्रधानमन्त्री देउवाले निश्कर्ष सुनाउनु भयो, गगन जस्तो मिडियामा आउँछ भने जे गर्न पनि तयार हुने सेलिब्रेटी त बिपक्षमा छ, डा. केसीको माग कसरी जायज हुन्छ ?’ हुन पनि थापाले स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको सुधारमा सिन्कोसम्म भाँच्नुभएन ।

बिज्ञापनमा आउने कमिशनबाट धेरैलाई मनोरञ्जन गराउन भने सफल हुनुभयो ।अहिले कांग्रेस सत्तामा छैन । थापा पनि मन्त्री हुनुहुन्न । त्यही भएर उहाँ कसरी देशको बिकाश रोक्ने ? समृद्धिलाई चिसो पानी खन्याएर कसरी देश कंगाल बनाउने भन्ने सोचमा हुनुहुन्छ । सत्ताबाट प्रतिपक्षमा पुगेको पीडा कांग्रेस नेताहरुको पीडाबाट उहाँ पनि अछुतो हुनुहुन्न । त्यसैले अमानवीय ब्यवहार गरी अस्पताल बन्द गर्दै हडेका चिकित्स र बिदेसी डलरमा रमाउने एकाध झुण्डको आन्दोलनमा पुगेर थापाले घोषणा गर्नुभयो, ‘डा केसी फकिर हुन, उनलाई केही पनि चाहिँदैन, बिदा फारम नभरे पनि हुन्छ, उनले जे गरिरहेछन, त्यही संबिधान र कानून हो ।’ थापाको तर्क सुनेर झुण्डको भीडबाट ताली त बज्यो तर जे गरिरहेछन, त्यही सही हो भन्दै अधनायकवाद भन्नसमेत थापाले छाडनु भएन ।

थापाले मेडिकल कलेज खोल्ने कुरा पानीजहाज ल्याउने गफ जस्तो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उडाउने कामसमेत गर्नुभयो । मेडिकल शिक्षा सम्बन्धि विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसारनै ल्याउनुपर्ने पनि थापाको जोड थियो । माथेमा आयोगको प्रतिवेदन थापाले मात्रै पढनु भएको छैन । माथेमा आयोगको प्रतिवेदनमा डा. केसी जस्ता सरकारी छात्रबृत्तिमा बढेर दुर्गम नजाने शैलीको कटु आलोचना गर्दै चिकित्सकको बदमासीलाई लामो ब्याख्या गरेको छ । तर थापाले आफूले पढेको, अरुले हेर्दै नहेरे जसरी सेलिब्रेटी बन्ने चर्को भाषण दिनुभयो ।

अधिकांश कांग्रेस नेताको मेडिकल कलेज रहेको यथार्थबीच थापाले अव काठमाडौंमा कुनै पनि कलेज नचाहिने घोषणा पनि गर्नुभयो । उहाँको यो घोषणा कांग्रेस नेताको सिन्डिकेटवाला मेडिकलले जति गरिव चुस्दा पनि जनताबाट निर्वाचित सरकारले केही गर्न हुन्न भन्ने वकालत हो । बिदा फारम नभरी मुन्नाभाई जहाँ खडा हुए, वही लाइन भने जसरी डा केसी जे गर्छन, कानून र बिधि अनुसार हेर्न हुन्न भन्ने थापाले तर्क गर्नुभयो । ‘जसले आफ्नो जिवन छोड्ने आट गरेर हिडेको छ । उसलाई एउटा जागिर छोड्न कुनै समस्या छैन । डा। केसी फकिर हो जोगी हो उसलाई कुनै लोभ र मोह छैन,’ थापाले घोषणा गर्नुभयो । आफू काठमाडौंको जनप्रतिनिधिको हैसियतमा बोलेको भन्दै अव काठमाडौंलाई केही नचाहिने घोषणासमेत गर्न थापाले छाडनु भएन ।

पछिल्लो केही साता यता कांग्रेस नेता गगन थापाले सरकारबिरुद्ध प्रचार गर्न बिदेसी फण्ड प्रयोग गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्न पनि उहाँ आफै संलग्न हुनुभएको तथ्य फेसबुकमा गगन थापा फ्यान क्लवको नाममा आइरहेको आपत्तिजनक पोष्टले देखाइरहेको छ । सभ्य समाजमा पच्न नसक्ने काम थापाको फ्यान क्लवले प्रचार गरिरहेको छ । यतिसम्म कि बाढी पहिरो र डुवानबाट पीडामा रहेका भक्तपुरका जनतालाई अपमानित गर्दै थापाले योजनावद्ध रुपमा अघि सारेको गगन थापा फ्यान क्वलले पानी जाहाज आयो भन्दै प्रचार गर्यो । यो काम थापाकै नेतृत्वमा भइरहेको छ ।

थापाको फ्यान क्वल यति निकृष्ट ढंगले प्रस्तुत हुन थालेको छ कि, कँही पहिरो आएर मानिस मर्दासमेत ओली सरकारमाथि धारेहात लगाउँदै पोष्ट गर्न थालिएको छ । काठमाडौंको सांग्रिला होटलमा अमेरिकी पण्डिङमा भेला गराएरु अधिनायकवाद आयो भन्न लगाउने कामको नेतृत्व पनि थापाले नै गरेको तथ्य उपस्थितहरुले नै खोलिसकेका छन ।

#जनता टाइम्स

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group