काठमाडौं,३१ असार । भूमिसुधार कार्यालय विराटनगर मोरङका नायव सुव्बा दामोदर खतिवडा घुससहित पक्राउ परेका छन्।
मोहियानी हक मिलाई दिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। कार्यकक्षबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्