ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ४ : ३९   बजे

सोल, ४ साउन।   दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

सोलस्थित एक अदालतले शुक्रबार उहँलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उहाँले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।

यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवनाको सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनुभएको छ ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ थुनामै रहँदै आउनुभएको छ ।

उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो । उहाँमाथि राष्ट्रपति पद्मा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu