ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ४ : ५१   बजे
काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्।

सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, पूर्वाग्रही र मानव अधिकारका दृष्टिले समेत गैर जिम्मेवार देखिएको दावी गर्दै पुनः स्वतन्त्र र निष्पक्ष छानवीन तत्काल गर्न पनि माग गरेका छन्।

आयोगको प्रतिवेदनले भ्रम मात्रै सृजना गरेकाले तत्काल निष्पक्ष छानवीन गरी सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि सरकार र आयोगको गम्भिर ध्यानाकर्षण गराइएको अधिवक्ता रक्षाराम हरिजनले बताए।

२०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली लागि ५ जना सर्वसाधारणको ज्यान गएको थियो। सोही घटनाका पीडितलाई न्याय नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको सरोकारवालाहरुको गम्भिर आरोप छ।

आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गोली चलाएको कुरालाई समेत किटान गर्न नसकेकोमा उनीहरुको आपत्ति छ।  यता, राष्ट्रिय मानव अधिकार आयोगले भने सो प्रतिवेदनलाई पुन विश्लेषण गर्ने आश्वासन दिएको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले ज्ञापन पत्र बुझ्दै आयोगको प्रतिवेदनमाथि गरिएको टिप्पणीको स्वागत गर्ने र त्यसको गम्भिर विश्लेषण गरेर नयाँ निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए। आयोगले प्रतिवेदनमाथि पुनर्विचार गर्ने र पीडितलाई न्याय दिन लागि पर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu