ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देह व्यापारमा लगाउन बालिकालाई छिटो बढ्ने औषधि


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ५ : ५८   बजे
सांकेतिक फोटो

एजेन्सी । विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ‘ग्रोथ हर्मोन’ लगायतका औषधि दिने गरिएको पाइएको छ ।

किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन् ।

प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ । उमेरको तुलनामा शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले पुष्टि गरेका छन् ।

त्यस्तैमध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन, ‘मलाई दिनको दुई पटक लामो लामो रातो चक्की औषधि खान दिइन्थ्यो । त्यो खादाँ मलाई बान्ता आउँथ्यो ।’ उनले भनिन, ‘सकेसम्म खान नपरोस् जस्तो लाग्थ्यो । तर खाएन भने गाली गर्थे, कुट्थ्ये र उनीहरूले नै खुवाइ दिन्थे । त्यो खायो भने छिट्टै ठूलो हुन्छौ र घर जान पाउँछौ भन्थे उनीहरूले ।’

एक महिलाले छोरीलाई गुणस्तरीय शिक्षा दिने भनी आश्वस्त पारेपछि आठ सन्तानमध्येकी एक उनलाई अभिभावकले ती महिलाको जिम्मेवारीमा काठमाडौं पठाइदिएको बताइन् । उनलाई काठमाडौंबाट भारतको एकटा शरहमा लगेर एक नेपाली परिवारसँग राखियो । त्यहाँ ती बालिकाले घरधन्दा गर्नुपर्थ्याे,  त्यहाँ बसेको करिब दुई वर्षपछि उनलाई अर्को शहरमा पुर्याइएकाे उनी बताउँछीन् ।

‘यहाँ पनि नेपाली परिवारसँगै बसेँ । उनीहरूले मलाई त्यो औषधि दिन थाले । त्यस्तो औषधि खुवाए र करिब दुई वर्षपछि उनीहरूले मलाई बेचिदिए । त्यो नराम्रो काम गर्ने ठाउँ थियो जहाँ म सबैभन्दा सानी थिएँ ।’

‘ती मानिससँग जादिनँ भन्यो भने तिमीलाई हामीले किनेको पैसा तिर्नपर्छ भन्दै कुट्थ्ये । धन्न म त्यहाँ पुगेको छ महिनामै पुलिसले छापा मर्याे र म त्यहाँबाट बाहिर आउन सकेँ ।’

भारतसँगका नाकामा प्रहरी र विभिन्न गैरसरकारी संस्थाको जाँच तीव्र भएपछि मानवतस्करहरूले साना बालिकाहरूलाई लक्ष्ति गर्न थालेको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए ।

‘किशोरीहरूमाथि निगरानी भइरहेको समयमा साना बालिकालाई लिएर नाका पारि जान सजिलो भयो । कसैले सोध्यो भने मेरै बच्चा हो भने भइहाल्यो, सजिलो हुन्छ । ’बालिकाहरूलाई राम्रो विद्यालयमा पढाइदिने प्रलोभन देखाएर लैजाने र पछि बेच्ने गरेको पाइएको खड्काले बताए ।

भारतमा रहँदा एउटी बालिकालाई समयभन्दा अघिनै किशोरी बनाएको देखेको अनुभव बेचबिखनविरुद्ध सक्रिय शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारको पनि छ ।

उनी भन्छिन्, ‘म भारतमा समस्यामा परेको बेला म परेकै ठाउँमा एक ९ वर्षको बालिका ल्याएको थियो । त्यसपछि ऊ दुई महिना जति गायब भइन् । उनी फर्किँदा मैले उनलाई चिन्नै सकिन । मान्छै हलक्कै बढेर आएकी थिइन् । तर बोली चाहिँ एकदम सानो थियो । ’प्रायः गरीब र सीमान्तकृत परिवारका बालिकाहरू त्यहाँ भेटेको दुनुवारले बताइन् ।

यस्ता औषधि सुईमार्फत दिने गरेको भेटिएको र यसको थुप्रै नकारात्मक असर हुने चिकित्सकहरू बताउँछन् ।

डा. अरुणा उप्रेती भन्छिन्, ‘यस्ता औषधिले बालिकाको शरीर किशोरीको जस्तो बनाइदिन्छ । यसले जीवनभरि नराम्रो असर पार्छ । विशेषगरी पाठेघरमा असर गर्छ अनि हड्डीमा पनि समस्या आउनसक्छ ।’ बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group