ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक अरुणको संझना


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ६ : २६   बजे

काठमाडौँ, ६ साउन। ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल……’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताउनुभएको छ ।

नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उहाँहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उहाँको स्मृति दिवस मनाउँदै आएको बताए ।

विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनुभएका स्व थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो ।

विसं २०२८ मा ‘…..जति माया गरे पनि जति कसम खाए पनि ….’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो ।

विभिन्न देशभक्तिपूर्ण गीतले उहाँलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी…….’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर….’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले उहाँलाई विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो ।

विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उहाँको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गर्नुभयो । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ ।

त्यस अवसरमा बूढामगरले नेपालको सांगीतिक क्षेत्रको विकासमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुहुँदै मगरात क्षेत्र मगर जातिको मात्र नभई देशको नै पहिचान हो भन्नुभयो ।

पुरस्कृत व्यक्तित्व धनकुमारी थापामगरले संगीत क्षेत्रको सफलताका लागि परिश्रम, लगाव तथा मेहनतको खाँचो रहेको औँल्याउँदै मगरजातिको छुट्टै वेषभूषा नेपालको गौरव हो भन्नुभयो ।

गलकोट नगरपालिकाका उपप्रमुख रेणुका थापामगरले स्व अरुण नेपालको सांगीतिक क्षेत्रमा उदाउँदो नक्षत्र भएको र उहाँले सांगीतिक क्षेत्रमा दिनुभएको योगदान विर्सन हुँदैन भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group