ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रीन सिटीद्वारा बुद्धमायाको निःशुल्क उपचार


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ८ : ५७   बजे

काठमाडौँ, ६ साउन ।  ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ ।

महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याएपछि ग्रीन सिटीले निःशुल्क उपचार गरेको हो । ग्रीन सिटीले करीब  दुई लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको हो ।

“जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको समाचार दलित अनलाइनबाट जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो” – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले भन्नुभयो ।

जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध छ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएको थियो । अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बताउनुभयो ।
पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group