ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ११ : ४४   बजे

झापा, ६  साउन  । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् ।

वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे । उनले मोटर साइकलको ठाउँमा साइकलको माग समेत गरे । मोटर साइकलको चावी नगरकी उपमेयर भोजकुमारी नेपाललाई फिर्ता गर्दै उनले भने, वडा सदस्य साइकलमा म मोटर साइकलमा सुहाएन नि, बस्नेतका अनुसार वडाका नागरिकको सेवा सुविधाकालागि आफुले साइकलबाटै पनि पर्याप्त समय र काम निकाल्न सकिने बताए ।

वडाध्यक्ष बस्नेतले सुविधाको मोटर साइकल फिर्ता गरेर ५ ओटा साइकल माग गरेका छन् । उनले आफु लगायत वडा सदस्यहरुका लागि साइकल माग गरेका हुन् । आफुले फिर्ता गरी माग गरेको साइकलबाट पनि बचेको रकम वडाको घले बाँधलाई संरक्षण गर्ने बताए । उनले यसरी बचेको रकम विकास निर्माण मै खर्चिने समेत जानकारी दिए । यसअघि वडा नं. ६ का वडाध्यक्ष मनोज खुलालले नगर दिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् ।

गत वर्षको योजना समीक्षा र चालु आर्थिक वर्षको योजनाको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा नंं ८ लाई नगरकै नमुना वडाका रुपमा विकास गर्न वडा समिति तल्लिन रहेको वडा सचिव पुष्प पाण्डेले बताए । झिलझिले बजार र डुडाँमारी बजार उत्तरको अव्यवस्थित वंगुरको खोरलाई व्यवस्थित गरेर वडालाई स्वच्छ र सफा वडाको रुपमा विकास गरिने पनि पाण्डेले जानकारी दिए ।

त्यस्तै वडाले बाल तथा वातावरण मैत्री वडा शासन, झिलझिलेमा विद्युतीय विलिङ्ग काउण्टर स्थापाना गर्ने बताएको छ । वडामा रहेको एतिहासिक तथा धार्मिक क्षेत्रहरुको संरक्षण, वडा रिङ्गरोड बनाउने चालु वर्षका लागि योजना अघि सारेको वडा सचिव पाण्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले वडालाई दिएको सुविधा फिर्ता गरेको साँचो नगरलाई बुझाउने भन्दै जनताले विकासलागी गरेको संकल्प अब छिट्टै पुरा हुने बताइन् । नगरले यस चालु वर्षमा नगर रिङ्गरोड तथा ट्रङ रोडहरुलाई कालो पत्रे गर्ने काम सुरु गर्ने जानकारी दिइन् । उनले धैरै बाटा ग्राभेल भईसकेकाले चालु वर्षमा कालो पत्रेको योजना अघिबढेको बताईन् ।

नेपाली कांग्रेसका सन्त फेवदिनले नगर र वडाले प्रतिपक्षले ल्याएका हरेक योजना नसमेटेको गुनासो गरे । उनले भने वडाध्यक्ष वस्नेतले ल्याएको नमुना वडाको विषय सकारात्मक भए पनि यो पुरा गर्न भने चुनौति रहेको बताए । नमुना नगर बनाउन शिक्षाको गुणस्तर विद्यालयको सुधार, स्वास्थ्य, विद्युतिकरण, बजारका ढल, फोहोर मैला व्यवस्थापन लगायतका कामहरु पुरा भए मात्र नमुना वडाका लागि ढोका खुल्ने जानकारी दिए । वडाध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम वडाका कर्मचारी कुमारसिंह साँवाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group