चितवन,६साउन । पूर्वीचितवनको कयर खोलाको पुल नजिकबाटै ग्रावेल उत्खनन भइरहेको छ । पुल नजिकबाट जेसिबीको प्रयोग गरेर धमाधम ग्रावेल निकालिएको छ ।
बर्षायाम अर्थात असार , श्रावण र भदौ महिनामा कुनैपनि खोलाबाट खोलाजन्य पदार्थ निकाल्न पाइदैन ।
तर रत्ननगर नगरपालिकाले बेल्सी पुल नजिकबाट जेसिवी नै लगाएर ग्रावेल निकालेको हो । रत्ननगर नगरपालिकाले टाँडीमा बसपार्क निर्माणको लागि ग्राबेल आवश्यक परेकाले खोलाबाट ग्रावेल निकालेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।
पुलको नजिक ग्रावेल र माटोको सतह बढी भएकोले पुललाई समेत जोखिम रहेको र त्यसकै कारणले खोला बस्तीतिर पसेर डुबान हुने गरेकाले पुल नजिकबाट ग्रावेल निकालिएको मेयर वनले बताए ।
प्रतिक्रिया दिनुहोस्