ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीको अनसन मानव अधिकार विरोधी हो – प्रधानमन्त्री ओली


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   ५ : ३१   बजे

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन मानव अधिकार विरोधी कुरा भएको बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ४० पुष्पलाल स्मृति दिवसका अवसरका आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले अनसन बसेर आफैलाई समेत दुःख दिन नपाइने समेत बताए।  डा. गोविन्द केसीसँगसँग वार्ताका लागि समति बनाए पनि केसीले वार्ता गर्न नमानेको बताए। ‘वार्ता समिति बनाएको छ वार्ता गर्दिनँ भन्नुहुन्छ’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले डा. केसीको समर्थनमा डाक्टरहरु अस्पतालन नै बन्द गरेर लाग्नु गैरकानुनी र अमानवीय भएको बताउदै डाक्टरले उपचार गर्दिन भन्नु गैरकानुनी र अमानवीय कुरा भएको बताए ।
जनताको तलब खानेले एसोसियसन बनाएर उपचार गर्दिन भन्न नपाइने जीकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडिने बताएका छन्। उनले कांग्रेस नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार देखेर तर्सिएको समेत बताए।

पहिलो संविधानसभाको निर्वाचनमा आफूहरुले पराजय हुँदा पनि नहड्बडिएको र जनतालाई सम्झाउँदै बुझाउँदै धैर्यतापूर्वक अगाडि बढेको स्मरण गर्दै उनले कांग्रेसलाई धैर्यता नगुमाउन सुझाव दिए।

उक्त कार्यक्रममा प्रचण्डजस्तै कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भनिने कांग्रेसले २०१६ सालमा राजाले संसद भंग गर्दा नेकपाका महासचिव पुष्पलालले पुनस्थापनाका लागि आन्दोलन गरौँ भन्दा नमानेको दावी गरे। प्रधानमन्त्री ओलीले कांग्रेसले २०४८ सालदेखि नै कम्युनिस्टले जित्यो भने अधिनायकवाद आउँछ भन्दै आएको बताए।

कांग्रेसको सरकार आएपछि एमालेका तीन हजार कार्यकर्तालाई मुद्दा लगाएको र एक सय २२ जनाको हत्या गरेको पनि उनले आरोप लगाए।
कांग्रेसको विना तुकका कुरा झिकेर जनतालाई अल्झाउँछौ भन्नु गलत भएको भन्दै ‘यस्ता कुरामा अल्झाउँछौ भनेर कसैले नसोचे हुन्छ, यो सरकार यस्ता कुरामा अल्झिनेवाला छैन’, उनले भने, ‘यो सरकारले राम्ररी बुझेको छ जनताले यसलाई मत दिएको देश बनाउनका लागि, गरिबीबाट उन्मुक्तिका लागि, शिक्षा, स्वास्थ्य, सुरक्षा, सम्मान दिलाउनका लागि हो।’ त्यो अभिभार पुरा गर्न सरकार लागि परेको समेत प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group